एमाले उपाध्यक्ष बराल र १७ केन्द्रीय सदस्यले लिए शपथ « Khabarhub

एमाले उपाध्यक्ष बराल र १७ केन्द्रीय सदस्यले लिए शपथ


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

पार्टी मुख्यालय च्यासलमा आइतबार पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले उनीहरूलाई शपथ दिलाएका हुन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।

त्यसैगरी उक्त बैठकले सिरहाका लीलनाथ श्रेष्ठ र एकीकृत समाजवादीबाट आएका मुकुन्द न्यौपानेलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय लिएको थियो ।

सचिवालय बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी),रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) ,गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

त्यसैगरी भरदेव जोशी (दार्चुला) ,हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर),सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  २ : २६ बजे

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस