तेल अभिव नजिकै छुरा प्रहार, एक जनाको मृत्यु « Khabarhub

तेल अभिव नजिकै छुरा प्रहार, एक जनाको मृत्यु


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

इजरायल– इजरायलको तेल अभिवको बाहिरी क्षेत्रमा छुरा प्रहारबाट आइतबार एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीले शङ्कास्पद प्यालेष्टिनी आक्रमणकारीले छुरा प्रहार गरेको तर आक्रमणकारीलाई तत्काल सुरक्षा नियन्त्रणमा लिइएको बताएको छ ।

गाजामा इजरायल–हमास युद्धसुरु भएको करिब १० महिनापछि क्षेत्रीय तनाव बढिरहेका बेला इजरायलको व्यापारिक केन्द्र तेल अभिभको बाहिरी भागमा पर्ने होलोनका विभिन्न स्थानमा आक्रमण भएको म्यागेन डेभिड एडोम नामक आपतकालीन सेवा बलले जनाएको छ ।

इजरायलको कब्जामा रहेको वेस्ट बैङ्ककका ती संदिग्धलाई घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले ‘निष्प्रभावी’ बनाएको बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणको केही समयपछि गम्भीर घाइते भएकी ७० वर्षीया महिलाको मृत्यु भएको म्यागेन डेभिड एडोमले जानकारी दिएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

७० वर्षीय वृद्धको अवस्था गम्भीर रहेको, ६८ वर्षीय एक जना गम्भीर घाइते भएको र २६ वर्षीय पुरुषको अवस्था सामान्य रहेको सो संस्थाले जनाएको छ ।

‘यो एक जटिल र कठिन आतङ्कवादी हमला थियो, पीडितहरू एक अर्काबाट लगभग ५०० मिटरको दूरीमा तीन अलग–अलग स्थानमा फेला परेका थिए,’ म्यागेन डेभिड एडोमले भनेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ३ : ०३ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि