एकीकृत समाजवादीका नेता यादव एमालेमा प्रवेश गरे « Khabarhub

एकीकृत समाजवादीका नेता यादव एमालेमा प्रवेश गरे


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्रीसमेत बनिसकेका यादव अन्य ३० जना नेता कार्यकर्तासहित आइतबार एमाले प्रवेश गरेका हुन् ।

उनीसहित मधेश प्रदेशबाट विभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए ।

त्यस क्रममा अध्यक्ष ओलीले इमान्दारिताका साथ पार्टी, देश र जनतामा केन्द्रीत भई काम गर्न आग्रह गरे ।

उनले गुटका पछाडि नभइ पार्टीका पक्षमा दृढ रुपमा उभिनुपर्नेमा जोड दिए । विभिन्न कठिनाई, षडयन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै ओलीले भविष्यमा थप सफलता प्राप्त गर्दै अघि बढ्ने उल्लेख गरे ।

एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरि नेकपा एकीकृत समाजवादी अघि बढेकाले पुरानो एमाले पार्टीमा प्रवेश गरेको बताएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ४ : ०९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र