सुदूरपश्चिमको‍ मुख्यमन्त्रीमा कमल शाह दोस्रो कार्यकाललाई नियुक्त « Khabarhub

सुदूरपश्चिमको‍ मुख्यमन्त्रीमा कमल शाह दोस्रो कार्यकाललाई नियुक्त


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् ।

नेकपा (एमाले) को समर्थनमा शाहले आइतबार मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

यससँगै उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् । केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेसँगै प्रदेशहरूमा पनि सरकार फेरिएका हुन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिअनुसार शाह मुख्यमन्त्री भएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा कूल ५३ सदस्यीय छ । नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका १८ र एमालेका ११ गरी २९ सांसदहरुको समर्थनमा सरकारको दाबी पेश गरेका थिए ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घराज सोडारीले शुक्रबार संसद्लाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा) मिलेर सुदूरपश्चिममा कांग्रेसका शाहको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।

प्रदेश प्रमुख नाजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेस गर्न आज साँझसम्मको समय दिएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ५ : ५४ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र