विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यमा गुरुङ र कार्की नियुक्त « Khabarhub

विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यमा गुरुङ र कार्की नियुक्त


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक समितिका सदस्यद्वय गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्व ऊर्जासचिव थिए।

आइतबार नै प्राधिकरणका सञ्चालकहरू भक्तबहादुर पुन र कपिल आचार्यलाई ऊर्जा मन्त्रालयले हटाएको थियो ।

बक्यौता नउठाई ६ वटा उद्योगको लाइन फेरि जोड्न नहुने भन्दै दुवैजनाले सञ्चालक समितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखका थिए ।

त्यहीअनुसार उनीहरूलाई मन्त्रालयले यसअघि स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा उनीहरूले चित्त बुझ्दो जवाफ नदिएको भन्दै मन्त्रालयले पदमुक्त गरेको थियो ।

सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि जिम्मेवारीबाट हटाउने तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई जिम्मेवारीबाट हटाउनेगरि मन्त्री दीपक खड्कालाई निर्देशन दिइसकेका छन् ।

यसअघि सरकारले गत साउन १६ गते विद्युत् प्राधिकरण सञ्चालक समितिका २ जना सदस्यलाई हटाउने तयारीस्वरुप स्ष्टीकरण सोधेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यद्वय पुन र कपिल आचार्यलाई स्पष्टीकरण सोधेको थियो ।

सफाइको अवसर नदिई हटाउन नपाइने भएकाले स्पष्टीकरण सोधिएको थियो । नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा २५ बमोजिम मन्त्रिस्तरीय निर्णयमार्फत् २ सञ्चालकलाई स्पष्टीकरण सोधिएको पत्रमा भनिएको थियो ।

विद्युत् प्राधिकरण ऐनको दफा ९ मा नेपाल सरकारले विद्युत् प्राधिकरणमा सञ्चालक मनोनयन गर्न र हटाउन सक्ने व्यवस्था छ ।

सञ्चालक समिति सदस्यको पदावधि ४ वर्षको हुने व्यवस्था छ । सरकारले आवश्यक परेमा सञ्चालकहरूलाई हटाउन वा नयाँ सदस्य नियुक्त गर्नसक्छ ।

डेडिकेटेड र ट्रंक लाइन विवादमा विद्युत् प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेपछि विवाद सुरु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काटिएको उद्योगको विद्युत् जोड्न निर्देशन दिएका थिए। प्राधिकरणले तीन महिनाभित्र बक्यौता तिर्ने गरी लाइन जोडिदिएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ०१ बजे

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले भने- आज लोकतन्त्रले जितेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो

प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं– छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर

दोलाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता

दोलाखा- देशका अन्य ठाउँमा मतदान सकिइसक्दा दोलखाको तामाकोशी गाउँपालिका वडा

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता