चेतावनीको शैलीमा एमाले नेताहरूलाई ओलीले भने- कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्नू « Khabarhub

चेतावनीको शैलीमा एमाले नेताहरूलाई ओलीले भने- कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्नू


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा पार्टीभित्र कुनै गुट नभएको र गुटबन्दी स्वीकार्य नरहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका उनले गलत विचार बोकेर, गलत बाटो हिँडेर, गलत व्यवहार, गलत आचरण गरेर पार्टी अघि नबढ्ने बताए ।

लोकतन्त्रको नाममा गुटबन्दी गरेर कुनै पनि पार्टी उँभो नलाग्ने ओलीले प्रष्ट पारे । ‘पार्टी ओरालो लाग्नु छ भने गुटबन्दीको बाटो समाउँछ पार्टीले’, उनले भने ।

अरूका पार्टीमा आफूले केही बताउन नचाहे पनि एमालेमा गुटबन्दी स्वीकार्य नभएको ओलीले प्रष्ट पारे । उनले कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्न नेताहरूलाई निर्देशन गरे ।

‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन, कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य छैन, गुटबन्दी पार्टीविरुद्धको कुरा हो’, ओलीले भने ।

एमाले विभाजित हुनको पछि पनि त्यही गुटबन्दी कारक बनेको ओलीले बताए । ‘लामो समयदेखि गुटबन्दी थियो, या त हामीले गुटबन्दी नियन्त्रण गर्नुपर्थ्यो, सकिएन भने विभाजनमा जानु पर्थ्यो, हाम्रो पार्टी त्यस्तै भयो’, ओलीले भने ।

ओलीले पार्टीलाई सफल बनाउन र आफू पनि सफल बन्न इमानदारिताको साथ काम गर्नुपर्ने बताए । पार्टीमा निष्ठापूर्वक सक्रियताको साथ काम गर्नुपर्नेमा उनले जोड दिए । ‘सफलतामा पुग्नु छ भने इमानदारिता चाहिन्छ’, उनले भने ।

जालझेल पक्ष विपक्ष र गुटबन्दी गरेर कोही पनि सफल नहुने उनले बताए । जालझेल र गुटबन्दीको दायर सानो हुने भएकोले त्यो केही समयमा नै टुट्ने ओलीको भनाइ छ । जत्रो ठुलो भए पनि जालले समुन्द्र समेट्न नसकिने उनले स्पष्ट पारे ।

एमाले सबैखालका षडयन्त्र चिर्दै अहिलेको अवस्थामा आएको ओलीले बताए । त्यसैले एमालेले देशमा सुनौलो दिन ल्याएरै छाड्ने ओलीले दाबी गरे ।

सबैको साझा प्रयासबाट देशलाई सफल बनाउनु पर्ने ओलीले बताएका छन् ।

ओलीले वर्तमान सरकार कुनै स्टन्टबाजीको लागि नबनेको बताए । अहिलेको समीकरण लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको समीकरण भएकाले स्टन्टबाजीको रूपमा कुनै विचार पनि प्रस्तुत नगर्ने ओलीले प्रष्ट पारे ।

कांग्रेस र एमालले लोकतन्त्रका लागि कुनै भुलभुलैया वा अफवाह नफैलाउने उनले स्पष्ट पारे ।

कांग्रेस र एमालेको लोकतन्त्र प्राप्तिको आन्दोलनमा भएको योगदान सबैलाई जानकारी भएको बताउँदै उनले त्यसको लागि कुनै स्टन्टबाजी गर्न आवश्यक नरहेको बताए । ‘स्टन्टबाजी पनि गर्दैन, कसैलाई झोक्याउने खेल पनि खेल्दैन’, उनले भने ।

देश र जनताको आवश्यकताको आधारमा संविधान संशोधन गरिने बताउँदै ओलीले संविधान संशोधन कांग्रेस र एमालेको संयुक्त एजेणडा भएको बताए ।
संविधान संशोधन अग्रगमन र देशको राजनीतिक अस्थिरताको निकासका लागि हुने पनि उनले प्रष्ट पारे । ‘लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन’, उनले भने ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ४४ बजे

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय