माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु | Khabarhub Khabarhub

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिच्यानीका २७ वर्षीय नवीन धामी दनुवार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार आज नवीन, सोही ठाउँका ५० वर्षीय जङ्गबहादुर धामी र ५१ वर्षीय ईन्द्र सापकोटा विद्युतीय तारको प्रयोग गरी स्थानीय बंका खोलामा माछा मार्न गएका थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई दुधौली नगर अस्पताल सिर्थौली पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए । मृतक नविनको साथमा गएका जङ्गबहादुर र इन्द्र सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ५० बजे

बङ्गलादेशमा हसिनाको पतनपछि सेनाको सहजीकरणमा भएको थियो अन्तरिम सरकार गठन

काठमाडौं- गत वर्षको जुलाई महिनाको अन्त्य र अगस्टको शुरुतिर बङ्गलादेशमा

राष्ट्रपति निवासमा पनि प्रवेश गरे प्रदर्शनकारी

काठमाडौं– मंगलबार दिउसो प्रदर्शनकारी राष्ट्रपति निवास सितल निवास प्रवेश गरेका

राज्यसत्ताका तिनै अंग प्रदर्शनकारीको कब्जामा

काठमाडौं– राज्यसत्ताका तिनै अंग प्रदर्शनकारीको कब्जामा पुगेको छ । मंगलबार

देउवासँगै पत्नी आरजु रक्ताम्य हुने गरी कुटिइन्

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उनकी पत्नी डा. आरजु राणा

रक्ताम्य हुने गरी कुटिए पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा.