क्यालिफोर्नियामा आगलागी : ५६० भन्दा बढी घर र भवन ध्वस्त « Khabarhub

क्यालिफोर्नियामा आगलागी : ५६० भन्दा बढी घर र भवन ध्वस्त


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – क्यालिफोर्नियाको सेन्ट्रल भ्यालीमा छ हजारभन्दा बढी अग्निनियन्त्रकहरूले ११ दिनअघि लागेको राज्यको इतिहासमा सबैभन्दा ठूलो आगलागी निभाउन सङ्घर्ष गरिरहेका छन् ।

अधिकारीहरूका अनुसार आगलागीबाट अहिलेसम्म पाँच सय ६० भन्दा बढी घर र भवन नष्ट भएका छन् भने लस एन्जलस सहरभन्दा ठूलो क्षेत्रफल अर्थात चार लाख एकडभन्दा बढी भूमिलाई यसले लपेटेको छ । अधिकारीहरूले २७ प्रतिशत क्षेत्रमा आगो निभाइएको र चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

यस क्षेत्रको कच्ची भूभाग र उजाडस्थानका कारण आगलागी भएको स्थानसम्म पुग्न दुईदेखि तीन घण्टा लागेको थियो । साथै केही अग्निनियन्त्रकलाई हेलिकप्टरद्वारा अग्रपङ्क्तिमा पठाइएको छ भने केही आपूर्ति आइपुग्दासम्म केही दिन त्यहाँ रहने अपेक्षा गरिएको छ ।

क्यालिफोर्निया राष्ट्रिय अग्नि नियन्त्रण केन्द्रले अस्ट्रेलिया र न्युजिल्याण्डका अग्नि नियन्त्रकहरूसँग सहयोगका लागि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : ३० बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन