राष्ट्र बैङ्कले दसैँमा नयाँ नोट नसाट्ने, सुकिला नोट दिने « Khabarhub

राष्ट्र बैङ्कले दसैँमा नयाँ नोट नसाट्ने, सुकिला नोट दिने


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष दसैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको छ । दसैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ ।

खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिए ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने सहायक प्रवक्ता पोखरेलले बताए ।

दसैँ–तिहारका लागि ५, १० २०, ५० र १०० दरका नयाँ नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सुकिला नोट सटहीको सुविधा दिने छ ।

राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपैयाँ बर्सेनी खर्च हुँदै आएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : ३० बजे

कांग्रेस नफुटोस् भनेर मध्यमार्गी धार अपनाए : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट

चितवन ३ मा दुई चर्चित नेतृ आमने-सामने, कसले मार्ला बाजी ?

काठमाडौं– उम्मेदवारी दर्ता सकिएसँगै चुनावी सरगर्मी बढेको छ । चिया

उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ?

काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ