प्रस्तावित राजदूत चौहानको कार्ययोजना : नेपाली उत्पादन निर्यातदेखि रुसी सेनाबाट युवा फिर्तासम्म « Khabarhub

प्रस्तावित राजदूत चौहानको कार्ययोजना : नेपाली उत्पादन निर्यातदेखि रुसी सेनाबाट युवा फिर्तासम्म


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले संसदीय सांसदहरूलाई आफ्नो कार्ययोजना सुनाएका छन् ।

बुधबार प्रस्तावित राजदूत चौहानले प्रथम उच्चस्तरीय राजकीय भ्रमण,द्विपक्षीय व्यापार प्रवर्द्धन, आर्थिक सहयोग, पर्यटन प्रवर्द्धन र सम्बन्ध सवलीकरण लगायतको कार्ययोजनासुनाएका हुन् ।

चौहानले रूसलाई निर्यातको सम्भावित ठूलो बजारको रुपमा उल्लेख गरेका छन् । नेपाली उत्पादन चिया, कफी, तयारी पोशाक, पश्मिना, ऊनी पोशाक, औषधि, जडीबुटी, नेपाली कागज, चाँदी र अन्य हस्तकला आदिका उत्पादन निर्यात गर्न सकिने उनले सुनाए ।

‘रूस निर्यातको एक सम्भावित ठूलो बजार हो । नेपाली उत्पादन चिया, कफी, तयारी पोशाक, पश्मिना, ऊनी पोशाक, औषधि, जडीबुटी, नेपाली कागज, चाँदी र अन्य हस्तकलाका उत्पादनको राम्रो बजार हुनसक्छ’, उनले भने, ‘अझ चिया र कफीको राम्रो भरपर्दो दीर्घकालीन बजार बनाउन सकिन्छ ।’

रूसी सेनामा भर्ती भएका नेपाली युवाहरूको समस्या समाधान गर्न संयोजनकारी भूमिका खेल्ने प्रतिबद्धता उनले जनाए ।

‘एउटा जटिल समस्याका रुपमा हेरिएको यो विषय सेनासँग सम्बन्धित भएकाले सबै कुरा बाहिर आएको छैन । विचौलियाको प्रलोभनमा परेर हाम्रा युवा युद्धको भूमरीमा परेका छन्’, उनले भने, ‘उनीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक संवाद अघि बढाइरहेको सन्दर्भमा हरसम्भव प्रयास हुनेछ । रूस र रूसी भाषाको ज्ञानका कारण संयोजनकारी भूमिका निर्वाह गर्नेछु ।’

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  २ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै