फुटपाथ खाली गराउन निस्किए तुलसीपुर उपमहानगरका मेयर र उपमेयर « Khabarhub

फुटपाथ खाली गराउन निस्किए तुलसीपुर उपमहानगरका मेयर र उपमेयर


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दाङ- तुलसीपुर उपमहानगरपालिकास्थित बजार क्षेत्रको फुटपाथ खाली गराउन नगर प्रमुख र उपप्रमुख निस्किएका छन् ।

उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि हटाउन नगर प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी दलबलसहित अनुगमनमा निस्किएका हुन् ।

बजार व्यवस्थापक र प्रहरीसहित गएको नगर प्रमुखको नेतृत्वको अनुगमन टोलीले सडक र फुटपाथमा सामान नराख्न अनुरोध गरेको छ । उपमहानगरको अभियानलाई अटेर गर्नेको सामान जफत गरिएको छ ।

बजारलाई व्यवस्थित र सुन्दर बनाउन सडकपेटी र फुटपाथ खाली गराउने अभियान थालिएको नगर प्रमुख खड्काले बताए ।

‘व्यापारीले सटकपेटी मिचेर सामान राख्दा बजार अस्तव्यस्त भयो,’ नगर प्रमुख खड्काले भने,‘व्यापार गर्ने कोठामा हो । सटकपेटीमा होइन । त्यसैले व्यापारीलाई अनुरोध गर्न पसलमै पुगेका हौँ ।’

अबदेखि बजारमा सटरभन्दा बाहिर सामान राख्न नदिइने बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन । पहिलो पटक भएकाले सचेत गराइएको बताउँदै उनले फेरि बाहिर सामान राखेको पाइए जफत गरी जरिवानासमेत गरिने उनले बताइन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ३ : २३ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका