फुटपाथ खाली गराउन निस्किए तुलसीपुर उपमहानगरका मेयर र उपमेयर « Khabarhub

फुटपाथ खाली गराउन निस्किए तुलसीपुर उपमहानगरका मेयर र उपमेयर


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दाङ- तुलसीपुर उपमहानगरपालिकास्थित बजार क्षेत्रको फुटपाथ खाली गराउन नगर प्रमुख र उपप्रमुख निस्किएका छन् ।

उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि हटाउन नगर प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी दलबलसहित अनुगमनमा निस्किएका हुन् ।

बजार व्यवस्थापक र प्रहरीसहित गएको नगर प्रमुखको नेतृत्वको अनुगमन टोलीले सडक र फुटपाथमा सामान नराख्न अनुरोध गरेको छ । उपमहानगरको अभियानलाई अटेर गर्नेको सामान जफत गरिएको छ ।

बजारलाई व्यवस्थित र सुन्दर बनाउन सडकपेटी र फुटपाथ खाली गराउने अभियान थालिएको नगर प्रमुख खड्काले बताए ।

‘व्यापारीले सटकपेटी मिचेर सामान राख्दा बजार अस्तव्यस्त भयो,’ नगर प्रमुख खड्काले भने,‘व्यापार गर्ने कोठामा हो । सटकपेटीमा होइन । त्यसैले व्यापारीलाई अनुरोध गर्न पसलमै पुगेका हौँ ।’

अबदेखि बजारमा सटरभन्दा बाहिर सामान राख्न नदिइने बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन । पहिलो पटक भएकाले सचेत गराइएको बताउँदै उनले फेरि बाहिर सामान राखेको पाइए जफत गरी जरिवानासमेत गरिने उनले बताइन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ३ : २३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित