बालेन समर्थकको ‘अनफलो’ अभियानबीच ओली भन्छन्- एकछिनको विरोधमा दु:खी हुन आवश्यक छैन « Khabarhub

बालेन समर्थकको ‘अनफलो’ अभियानबीच ओली भन्छन्- एकछिनको विरोधमा दु:खी हुन आवश्यक छैन


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकहरूले अहिले फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् ।

खासगरी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई बालिकाको श्रमशोषण आरोप लगाएका बालेन्द्रले कारबाही नगरेको भन्दै तारन्तार सामाजिक सञ्जालमा लेखेपछि उनका फ्यान पनि उग्र शैलीमा प्रस्तुत भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बालेन्द्रले राखेको एउटा पोस्ट ‘मास रिपोर्ट’मा परेर रिमोभ भएपछि त्यसको दोष उनका फ्यानले प्रधानमन्त्री ओली र एमाले कार्यकर्तालाई लगाएका छन् ।

ओलीले सार्वजनिक रुपमा बालेन्द्रविरुद्ध टिप्पणी नगरे पनि बालेन्द्रका समर्थकहरूले उनको फेसबुकमा अनफलो अभियान चलाएर करिब ६० हजार आसपासमा घटाएका छन् ।

एमाले सांसद रेखा शर्मालाई कारबाही नगरेर ‌ओलीले जोगाइरहेको जिद्धी गरिरहेका बालेन्द्रका समर्थकले मंगलबारदेखि ओलीलाई अनलफलो अभियान चलाइरहेका छन् । तर त्यसबारेमा ओलीको सचिवालय र ओलीले पनि कुनै किसिमको सार्वजनिक टिप्पणी गरेका छैनन्।

यसैबीच ओलीले आफ्नो फेसबुक पेजमा बुधबार अपरान्ह एउटा भिडियो क्लिप राखेका छन् । जुन क्लिप आफूविरुद्ध थालिएको अनफलो अभियानलाई लक्षित गर्दै पोस्ट गरेको बुझ्न सकिन्छ ।

जसमा उनले केही क्षणको विरोधबाट दु:खी हुने र प्रशंसाबाट खुसी हुनुपर्ने कारण नरहेको बताएका छन् । ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता छैन । सत्यबाहेक अरु केहीको पनि आयु लामो हुँदैन’, उनले भनेका छन् ।

ओलीले आफूलाई थुप्रै साथीहरूले जवान रहेको भन्दै हौस्याउने गरेको पनि सुनाए । ‘मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवान नै देखिनु हुन्छ भन्छन्। तर त्यसमा पत्याइ हाल्नुपर्ने जरुरी छैन’, उनले भनेका छन्, ‘भन्दाखेरि त भर्खरको देखिनुहुन्छ भन्छन्, कसैले भर्खरको, एकदम तन्दुरुस्त र जवान देखिनुहुन्छ भनेर साथीहरूले उल्क्याउँछन् । तर म ऐना त हेर्छु नि कति मलाई उल्क्याएको हो, कति साँचो त हो भनेर । ऐनाले सबै कुरा बताइहाल्छ नि !’

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : २६ बजे

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर

गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा

शैक्षिक परामर्श व्यवसाय व्यवस्थित बनाउन नयाँ नियमावली तत्काल जारी गर्नुपर्नेमा जोड

काठमाडौं- शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रस्तावित