प्रधानमन्त्री र बालेनलाई विश्व पौडेलको सुझाव- झगडा रोकेर देश विकासमा जुट्नू « Khabarhub

प्रधानमन्त्री र बालेनलाई विश्व पौडेलको सुझाव- झगडा रोकेर देश विकासमा जुट्नू


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका नेता विश्व पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई झगडा नगर्न सुझाएका छन् ।

महानगर प्रमुख शाहका समर्थकहरू प्रधानमन्त्री शर्माको सामाजिक सञ्जालमा फलोअर घटाउने अभियानमा रहेका बेला उनले दुवैलाई झगडा नगर्न सुझाएका हुन् ।

‘प्रधानमन्त्रीज्यू र मेयर के झगडा गर्नु ?,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका पौडेलले फेसबुकमा लेखेका छन् । उनले प्रधानमन्त्री ओलीालाई काठमाडौंमा मेट्रो रेल बनाउने घोषणा गरेर अघि बढ्न र चीनलाई नकुरी सहरी सडकहरू बनाउन पनि सुझाएका छन् ।

‘प्रधानमन्त्रीज्यू,काठमाडौंमा एउटा मेट्रो रेल बनाउने घोषणा गरेर अघि बढौँ । चीनलाई नकुरी एक, दुईवटा सहर सुहाउँदो सहरी सडक बनाऔँ । अघिल्लो पटक एकलौटी सरकार बनाउँदा धेरै काम नलाग्ने एयरपोर्ट र सभा हलहरूमा जोड दिइएको थियो,’ पौडेलले लेखेका छन्, ‘अब सडक दुर्घटना नै दुर्घटनाबाट आजित जनताले सुविधा हुने सडक र सहरी पूर्वाधार खोजेका छन् । पैसा कताबाट ल्याउने भन्ने छ भने छलफल गरौँ, बरु म कोठा मिलाउँछु ।’

पौडेलले महानगर प्रमुख शाहलाई अब काममा केन्द्रित हुन भनेका छन् । ‘मेयर सा’वले पनि गत आर्थिक वर्ष २४ अर्ब खर्च गर्ने बजेट ल्याएकोमा कुल १२ अर्ब खर्च भएको रहेछ । पुँजीगत खर्च १५ अर्ब छुट्याएकोमा ६ अर्ब ३८ करोड मात्र खर्च भएछ,’ उनले भनेका छन्, ‘मेयरको आफ्नै अफिसको काम गराइ उहाँको आफ्नै रिपोर्टअनुसार अत्यन्त चिन्ताजनक छ । अब काममा फोकस चाहियो ।’

पौडेलले शाहलाई फेसबुकका फलोअर गनेर नेता नभइने भन्दै कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको भनाइ स्मरण गराएका छन् ।

‘फेसबुकका फलोअर गनेर बसेर नेता भइन्छ ? गणेशमान सिंहको एउटा फेमस भनाइ थियो, ‘नेताले कहिल्यै आफ्नो पछाडि कति मान्छे छ भनेर हेर्दैन,’ उनले लेखेका छन्, ‘कहिले ऊ एक्लै हुन्छ, कहिले उसका पछाडि लाखौंको भीड हुन्छ । फलोअर गनेर सेलेब्रिटी भइन्छ, नेता भइँदैन ।’

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : ५२ बजे

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ