अस्मिताको बयान- छोरीहरूलाई दिनुअघि आफैंले विष खाएकी थिएँ « Khabarhub

अस्मिताको बयान- छोरीहरूलाई दिनुअघि आफैंले विष खाएकी थिएँ


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- श्रीमानले बारम्बार दिन मानसिक तनावका कारण आवेगमा आएर मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेलले आफ्ना दुई सन्तानको हत्या गरेको खुलेको छ।

श्रीमान् अर्जुनले दिने तनाव थाम्न नसकेपछि आफू मर्न चाहेको उनले प्रहरीलाई बयान दिएकी छन् । आफू मरेपछि छोरीहरूको बिजोग हुने लागेर सँगै मर्न यस्तो काम गरेको उनले स्वीकारेकी छिन्।

अस्मिताले प्रहरीलाई दिएको बयानमा पहिलो आफैँ विष खाएपछि छोरीहरूलाई खुवाएकी थिइन् ।

‘सँगै मर्न पहिला विष खाएको थिँए, पेट पोल्न थालेपछि छोरीहरूलाई खुवाँए’, उनले भनिन्,‘रातदिन काट्छु र मार्छु मात्रै भनेपछि बाध्यताले यस्तो घटना गराउन पुगेँ ।’

उनले भदौ १४ गते नै छोरीहरुलाई विष खुवाएको प्रहरी समक्ष बयान दिएकी छन्। अस्मिताले पाँच दिनअघि आफ्ना दुई छोरी आइङ्का (१०) र अर्पना कार्की (३) लाई काखी च्यापेर हिँडेकी थिइन् ।

त्यसको भोलिपल्ट दुई छोरी केराबगानमा मृत फेला परेका थिए । नाबालिका मृत फेला परेको नजिकै सफाया भन्ने विषादीको बट्टा र अस्मिताको मोवाइल बरामद भएको थियो ।

आफ्ना दुई बच्चालाई विष सेवन गराई हत्या गरेर मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेललाई स्वीकार गरेकी छन्।

सुन्दरहरैंचा–७ मालती टोलमा अस्मिता र अर्जुन कार्कीले नयाँ घर बनाइरहेका थिए । अर्जुन गाडी चालक हुन् । उनी साँझ घर फर्केपछि अस्मितालाई बनिरहेको घरमा पानी किन नहालेको भनेर सोधपुछ गर्दा विवाद भएको थियो ।

घरबाट दुई सन्तान च्यापेर निस्किएकी अस्मिताले उनीहरूलाई विष सेवान गराई फरार भएकी थिइन्। त्यही विवादपछि बेपत्ता अस्मिताले छोरीहरूको हत्यापछि आत्माहत्या गरेको आशंका गर्दै खोजिएको थियो । तर,उनी बिर्तामोडमा हिँडिरहेको अवस्थामा बुधबार बिहान फेला परिन् ।

लगतै मोरङ प्रहरी अस्मितालाई सार्वजनिक गरेको छ। प्रहरीले अस्मितालाई हातमा क्यानोला लगाएकै अवस्थामामा पत्रकार सम्मेलन गरि उनलाई सार्वजनिक गरेको हो ।

अस्मितालाई झापाबाट नियन्त्रणमा लिएर कोशी अस्पतालमा उपचारका लागि लगिएको छ ।उनलाई झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा रहेको एभरेष्ट बैंकबाट बुधबार बिहान नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

मोरङ प्रहरीले अस्मितालाई जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि चार दिनको म्याद थप गरेसँगै सार्वजानिक गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ५ : २१ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति