अस्मिताको बयान- छोरीहरूलाई दिनुअघि आफैंले विष खाएकी थिएँ « Khabarhub

अस्मिताको बयान- छोरीहरूलाई दिनुअघि आफैंले विष खाएकी थिएँ


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- श्रीमानले बारम्बार दिन मानसिक तनावका कारण आवेगमा आएर मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेलले आफ्ना दुई सन्तानको हत्या गरेको खुलेको छ।

श्रीमान् अर्जुनले दिने तनाव थाम्न नसकेपछि आफू मर्न चाहेको उनले प्रहरीलाई बयान दिएकी छन् । आफू मरेपछि छोरीहरूको बिजोग हुने लागेर सँगै मर्न यस्तो काम गरेको उनले स्वीकारेकी छिन्।

अस्मिताले प्रहरीलाई दिएको बयानमा पहिलो आफैँ विष खाएपछि छोरीहरूलाई खुवाएकी थिइन् ।

‘सँगै मर्न पहिला विष खाएको थिँए, पेट पोल्न थालेपछि छोरीहरूलाई खुवाँए’, उनले भनिन्,‘रातदिन काट्छु र मार्छु मात्रै भनेपछि बाध्यताले यस्तो घटना गराउन पुगेँ ।’

उनले भदौ १४ गते नै छोरीहरुलाई विष खुवाएको प्रहरी समक्ष बयान दिएकी छन्। अस्मिताले पाँच दिनअघि आफ्ना दुई छोरी आइङ्का (१०) र अर्पना कार्की (३) लाई काखी च्यापेर हिँडेकी थिइन् ।

त्यसको भोलिपल्ट दुई छोरी केराबगानमा मृत फेला परेका थिए । नाबालिका मृत फेला परेको नजिकै सफाया भन्ने विषादीको बट्टा र अस्मिताको मोवाइल बरामद भएको थियो ।

आफ्ना दुई बच्चालाई विष सेवन गराई हत्या गरेर मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेललाई स्वीकार गरेकी छन्।

सुन्दरहरैंचा–७ मालती टोलमा अस्मिता र अर्जुन कार्कीले नयाँ घर बनाइरहेका थिए । अर्जुन गाडी चालक हुन् । उनी साँझ घर फर्केपछि अस्मितालाई बनिरहेको घरमा पानी किन नहालेको भनेर सोधपुछ गर्दा विवाद भएको थियो ।

घरबाट दुई सन्तान च्यापेर निस्किएकी अस्मिताले उनीहरूलाई विष सेवान गराई फरार भएकी थिइन्। त्यही विवादपछि बेपत्ता अस्मिताले छोरीहरूको हत्यापछि आत्माहत्या गरेको आशंका गर्दै खोजिएको थियो । तर,उनी बिर्तामोडमा हिँडिरहेको अवस्थामा बुधबार बिहान फेला परिन् ।

लगतै मोरङ प्रहरी अस्मितालाई सार्वजनिक गरेको छ। प्रहरीले अस्मितालाई हातमा क्यानोला लगाएकै अवस्थामामा पत्रकार सम्मेलन गरि उनलाई सार्वजनिक गरेको हो ।

अस्मितालाई झापाबाट नियन्त्रणमा लिएर कोशी अस्पतालमा उपचारका लागि लगिएको छ ।उनलाई झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा रहेको एभरेष्ट बैंकबाट बुधबार बिहान नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

मोरङ प्रहरीले अस्मितालाई जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि चार दिनको म्याद थप गरेसँगै सार्वजानिक गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ५ : २१ बजे

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही