प्रदेशबाट विस्तार गरिएका सबै सडक कालोपत्र गर्छौं : मुख्यमन्त्री तामाङ « Khabarhub

प्रदेशबाट विस्तार गरिएका सबै सडक कालोपत्र गर्छौं : मुख्यमन्त्री तामाङ


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बागमती प्रदेश सरकारको लागतमा विस्तार तथा स्तरोन्नति गरिएका सडकलाई कालोपत्र गरिने बताएका छन् ।

नुवाकोटको बेलकोटगढी–७ मा आजदेखि सुरु भएको ‘तीज पर्व विशेष रमाइलो मेला’को उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले सडकमा लगानी गर्ने तर, संरक्षण नहुने प्रवृत्ति अन्त्य गर्न विस्तार भएका सबै सडकलाई अनिवार्य कालोपत्र गर्ने कार्यक्रम ल्याउन लागिएको बताए ।

“कुन सडक, कुन सरकारको दायित्वमा पर्छ भन्ने पहिचान नहुँदा समस्या भइरहेको छ”, उनले भने , “जुन सरकारले लगानीमा निर्माण गरिएको छ । सोही सरकारबाट नै संरक्षण र सम्वर्द्धनको जिम्मेवारी लिनुपर्छ भनेर तीन तहका सरकारबीच छलफल भइरहेको छ । आफ्नो दायित्वभित्रका सडकलाई कालोपत्र गर्ने जिम्मेवारी पूरा गर्न प्रदेश सरकार तयार छ ।”

सरकारको लगानीको ठूलो हिस्सा सडकमा गरे पनि सोहीअनुसार जनजीवन सहज बनाउन र आर्थिक रुपान्तरणमा जोड दिन नसकेको मुख्यमन्त्री तामाङले बताए । सडक विस्तार भइरहेको भन्दै प्रदेश सरकारले नयाँ ट्र्याकको विस्तार नगर्ने र यसअघि विस्तार भइसकेकालाई प्राविधिक अध्ययनपश्चात् व्यवस्थित गरिने उनको भनाइ छ ।

“अध्ययन, आवश्यकता र दिगोपनमा ध्यान नदिइ जथाभावी विस्तार भएका सडकले विकास होइन, समस्या निम्त्याएको छ,” मुख्यमन्त्री तामाङले भने, “सडकलगायत पूर्वाधार निर्माणमा प्राविधिक (इञ्जिनियर)को सिफारिस अनिवार्य बनाइ तोकिएको अवधिसम्म उपभोगको सुनिश्चित बनाउन सक्नुपर्छ ।”

बेलकोटगढी नगरपालिका–७ को कार्यालय र न्यू भिजन युवाक्लबको आयोजनामा बेलकोटगढी–७ स्थित खेल मैदानमा आजदेखि सुरु भएको तीज विशेष रमाइलो मेला (महोत्सव) आगामी भदौ २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ३१ बजे

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको