नवरात्रमा पनि सुनसान पाथीभरा, बाढी र पहिराले राजमार्ग अवरुद्ध हुँदा घटे दर्शनार्थी « Khabarhub

नवरात्रमा पनि सुनसान पाथीभरा, बाढी र पहिराले राजमार्ग अवरुद्ध हुँदा घटे दर्शनार्थी


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– हरेक वर्ष नवरात्रमा सँधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।

बडादसैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजाअर्चना गरेका थिए । 

बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलिब्रिज बगाएपछि यातायात अवरोध भएको छ भने तमोर करिडोरमा पहिरो खसेपछि  यातायातका साधन चलेका छैनन् ।

देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादसैँ र चैतेदसैँमा धेरै भक्तजन आउने गरेका छन् । विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : ३२ बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्