धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित « Khabarhub

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि शुक्रबार निर्धारित अन्तर्वार्ता स्थगित भएको छ ।

यसअघि बोलाइएका तीनैजना अनुपस्थित हुँदा रोकिएको अन्तर्वार्ता उनीहरूसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी पनि अनुपस्थित हुँदा फेरि स्थगित भएको हो ।

छनौट समितिका अध्यक्षसमेत रहेका अधिकारी अर्थमन्त्रालयमा तोकिएको अन्वार्तास्थलमा अनुपस्थित भए ।

त्यसैगरी अन्तर्वार्ताका लागि सर्टलिस्टमा रहेका तीनैजना उम्मेदवार पनि शुक्रबार अर्थमन्त्रालय पुगेनन् । त्यसपछि दोस्रो पटकको अन्तर्वार्ता तालिकामा पनि स्थगित भएको हो ।

अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेप्सेका सीईओ कृष्णबहादुर कार्की सर्टलिस्टमा थिए ।

उनीहरू तीनैजनाले शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति गर्ने तालिका थियो । तर छनौट समितिका अध्यक्ष अधिकारी नै अनुपस्थित रहेपछि उम्मेदवारहरू पनि सहभागी नहुँदा दोस्रो पटक अन्तर्वार्ता रोकिएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ११ : १५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका