तुइन र फड्केले जोडियो तातोपानी नाका | Khabarhub Khabarhub

तुइन र फड्केले जोडियो तातोपानी नाका


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ । 

भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा गाउँ लिपिङ जोडिएको थियो । त्यही बेलिब्रिज भोटेकोशीले बगाएपछि सीमाक्षेत्रलाई राजधानीसँग जोड्ने सडक सम्पर्क टुटेको हो ।

पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार गाउँपालिकाको खर्चमा सडक डिभिजन र गाउँपालिकाको दुई एक्स्काभेटरटिपर प्रयोग गरी ह्युम पाइप राखेर अस्थायी रुपमा खोला तार्ने संरचना निर्माण भइरहेको छ  । 

‘तत्काललाई तुइनबाट आउजाउ भइरहेको छ, तुइन दीर्घकालीन नहुने र जोखिमपूर्ण भएकाले अस्थायी गाडी तार्ने फड्के हाल्ने काम अन्तिम चरणमा पुगेको छ’, वडाध्यक्ष श्रेष्ठले भने। भोटेकोशीको प्रवाह अझै नघटेकाले उक्त काम सम्पन्न गर्न अझै दुई दिन बढी लाग्ने उनको भनाइ छ ।

लिपिङ खोला उर्लिँदा लिपिङ र कोदारी जोड्ने पुलको भाग ध्वस्त पारेको छ । राजमार्गको क्षतिग्रस्त खण्डमा मर्मत थालिएको छ । यसअघि गाउँपालिकासँग भएका पुरानो तुइन अहिले प्रयोगमा ल्याइएको र बाँस, फलामे पोल राखेर फड्के बनाइएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १२ : २२ बजे

सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ

सुदूरपश्चिम – चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा

कोप सम्मेलनमा विज्ञलाई वेवास्ता, वन मन्त्रालयका स्टोरका कर्मचारी छनौट

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ चेपुवाबाट एक

‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस

काठमाडौं महानगरद्वारा सार्वजनिक स्थानहरूमा भित्ते चित्र लेखन पुनः सुरु

काठमाडौं । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि