रुससँग मिलेर चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिकमा, अमेरिका चिन्तित « Khabarhub

रुससँग मिलेर चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिकमा, अमेरिका चिन्तित


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिक महासागरमा प्रवेश गरेको छ । चीनको कोस्ट गार्डले रुसी सेनासँग संयुक्त गस्तीका क्रममा पहिलो पटक आर्कटिक पुगेको जनाएको छ ।

अमेरिकी कोस्ट गार्डले बेरिङ सागरमा रुसी सीमा गार्ड र चिनियाँ तटरक्षक गार्डका चारवटा जहाज भेट्टाएको दाबी गरेको एक दिनपछि चीनले पहिलो पटक आर्कटिकमा पुगेको पुष्टि गरेको हो ।

संयुक्त गस्तीले कोस्ट गार्डको महासागर जाने नेभिकको प्रभावकारी विस्तार गरेको जनाएको छ । नयाँ ठाउँमा पहिलो पटक आफ्नो मिसन पूरा गर्न क्षमताको परीक्षण गरेको चीनको कोस्ट गार्डले जनाएको छ ।

चीनको कोस्ट गार्ड आर्कटिकको कुन ठाउँमा पुगेको खुलाइएको छैन । तस्बिरहरूमा एउटा जहाजको ब्यानरमा ‘चिनियाँ कोस्ट गार्डमा आफ्नो हृदय समर्पित गर्दै: आर्कटिक महासागरमा वफादारी प्रदर्शन गर्दै’ भन्ने लेखिएको छ ।

रुसी सरकारले आधिकारिक रूपमा गस्तीलाई पुष्टि गरेको छैन । चिनियाँ सरकारी प्रसारक सीसीटीभीले केही दिनअघि यसबारे समाचार बजाएको छ । रुसी मिडिया तासले चिनियाँ कोस्ट गार्डको भनाइ उद्धृत गर्दै गस्तीबारे एक समाचार लेखेको छ ।

अमेरिकी कोस्ट गार्डले रूसी सीमा गार्ड र चिनियाँ कोस्ट गार्डका चार जहाजहरू शनिबार रुसको विशेष आर्थिक क्षेत्रभित्र करिब पाँच माइलको बेरिंग सागरस्थित उत्तरपूर्वी दिशामा गइरहेको देखेको बताएको थियो ।

बेरिङ सागर रूस र अलास्काबीच फैलिएको छ, यो उत्तरी प्रशान्त महासागरको एक भाग हो । यो बेरिङ स्ट्रेटमार्फत आर्कटिक महासागरसँग जोडिएको छ, एशिया र उत्तर अमेरिकालाई छुट्याउने यो एउटा साँघुरो बाटो हो ।

अमेरिकाले हालैका यी गतिविधिले आफ्ना रणनीतिक प्रतिद्वन्द्वीहरूले आर्कटिकमा चासो बढाएको देखाएको टिप्पणी गरेको छ ।

अमेरिकाले रणनीतिक र वातावरणीय रूपमा संवेदनशील आर्कटिकमा चीनको बढ्दो भूमिका र रुससँगको समन्वयबारे चिन्ता व्यक्त गरेको छ । रुस र चीनले पछिल्ला वर्षहरूमा आफ्नो सुरक्षा र आर्थिक सम्बन्धलाई व्यापक मात्रामा बढाएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १२ : ५८ बजे

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम– प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै