छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाडौंमा हुने « Khabarhub

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाडौंमा हुने


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ गतदेखि काठमाडौंमा आयोजना हुने भएको छ । 

त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै नेपालको जनसङ्ख्या र विकासको भविष्यका लागि छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने जनाएको हो ।

वर्तमान जनसाङ्ख्यिक सङ्क्रमण र जनसङ्ख्या र विकासमा यसको भावी प्रभाव अन्तर्राष्ट्रिय समुदायलाई अन्वेषण गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरेको विभागले जनाएको छ । 

विभागका प्रमुख एवं आयोजक समिति संयोजक प्रा.डा योगेन्द्र बहादुर गुरुङले सम्मेलनबाट प्राप्त निष्कर्षले नेपालको जनसाङ्ख्यिक समस्या, पहिचान र सुझावसहितको नीतिनिर्मातालाई भविष्यको जनसङ्ख्यासम्बन्धी नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

सम्मेलनमा दक्षिण एशिया बाहेकका देशबाट सय जना, दक्षिण एशियाबाट १७० जना र नेपालबाट सय जना सहभागीहरूले नाम दर्ता गराएको उनले जानकारी दिए ।

चारदिनसम्म चल्ने सम्मेलनका लागि करिव ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : ०५ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी