काठमाडौं– जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दाङको गढवा गाउँपालिका-५ चैनपुर बस्ने १९ वर्षीय किरण चौधरीसमेत चार जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती किशोरीलाई सोही गाउँपालिका-५ मंघरस्थित खाली घरमा बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया