असारे विकासको अन्त्य गर्दै जिरी नगरपालिका « Khabarhub

असारे विकासको अन्त्य गर्दै जिरी नगरपालिका


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको जिरी नगरपालिकाले परम्परागत असारे विकासको अन्त्य गर्ने भएको छ। ९ वटा वडा रहेको नगरपालिकाले साउन पहिलो सातादेखि नै धमाधम एकीकृत घुम्ती सेवा शिविर मार्फत वडामै पुगेर योजना सम्झौता गर्दै आएको छ।

नगरपालिकाले शुक्रबार जिल्लाका स्थानीय रेडियोसँग अन्तरक्रिया कार्यक्रम गरेर जिरी नगरपालिकाले यस असारे विकासलाई रोकेर चालु वर्षको साउन देखि मंसिर मसान्त सम्म मात्रै योजना सम्झौता गर्ने योजना बनाएको नगर प्रमुख मित्र जिरेलले बताए ।

नगरपालिकाले स्थानीय उपभोक्ता समितिलाई योजना किताब निर्माण गरी वडामै पुगेर घुम्ती एकीकृत सेवा मार्फत नौ वडाका ७२ वटा योजना सम्झौता गरिसकेको प्रमुख जिरेलले बताए।

नगर प्रमुख जिरेल भन्छन्, ‘हामीले चालु वर्षको अन्त्यमा हुने विकासलाई रोक्न योजना सम्झौता गर्ने समय ५ महिना मात्रै तोकेका छौँ ।’

अघिका वर्षहरूमा जेठ-बैशाखमा योजना सम्झौता गर्ने र असारमा काम सुरु गर्दा गुणस्तरीय काममा प्रश्न उठ्ने तथा योजना नै पुरा नहुँदा नगरलाई घाटा हुने,बजेट फ्रीज जाने समस्या खेप्नुपरेको भन्दै नगरले ९ वटै वडामा पुगेर उपभोक्तालाई योजना सम्झौता सम्बन्धी अभिमुखीकरण दिएर सहभागितामूलक योजना कार्यान्वयन किताब उपलब्ध गराएको प्रमुख जिरेलले जानकारी दिए ।

 

नगरपालिकाले एकीकृत घुम्ती शिविर मार्फत वडा नम्बर-१ मा ७ वटा वडा नम्बर-२ मा ८, वडा नम्बर-३ मा ९ वटा,वडा नम्बर-४ मा ११ वटा, वडानम्बर-५ मा ७ वटा,वडा नम्बर-६ मा ८, वडा नम्बर-७ मा ४ वटा,वडा नम्बर- ८ मा ४ वटा तथा वडा नम्बर-९  मा सबैभन्दा बढी १४ वटा योजना सम्झौता गरिएको जिरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।

नगरले योजना सम्झौतासँगै स्वास्थ्य परीक्षण, स्वास्थ्य बिमा, पशुसेवा अपांगता परिचय पत्र वितरण तथा नवीकरण  र ज्येष्ठ नागरिक परिचयपत्र वितरण शिविर समेत आयोजना गरिएको प्रशासकीय अधिकृत सापकोटाले बताए।घुम्ती शिविर मार्फत नौ वडाका दुई सय १५ जानलाई स्वास्थ्य सेवा, ३ सय ४३ वटा पशुसेवा, ४८ जनालाई स्वास्थ्य बिमा, ४९ जनालाई अपाङ्गता परिचय पत्र  र ७७ जना ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको जिरी नगरपालिकाकी उपप्रमुख कृष्ण माया बुढाथोकीले बताइन् । त्यसैगरी जिरी नगरपालिकाले चालु वर्षलाई जिरी भ्रमण वर्षको रूपमा मनाउने भएको छ ।

जिरीले २०८१ भित्र ५० हजार आन्तरिक तथा बाह्य पर्यटकलाई जिरी भित्र्याउने योजना बनाएको नगरपालिकाले जनाएको छ।

-सुबास बस्नेत

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : १६ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक