रविलाई उनकै निर्वाचन क्षेत्रमा सहकारी पीडितको कालोझण्डा « Khabarhub

रविलाई उनकै निर्वाचन क्षेत्रमा सहकारी पीडितको कालोझण्डा


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- सहकारी संस्थाको बचत हिनामिना भएपछि आन्दोलितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनमा कालोझण्डा देखाएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा आफ्नो संसदीय कार्यकालको तेस्रो सार्वजनिक सुनुवाइमा सहभागी इच्छाकामना गाउँपालिकास्थित मुग्लिङ बजार पुगेका बेला शुक्रबार सहकारी पीडितहरूले नाराबाजीसहित कालोझण्डा देखाएका हुन् ।

सर्वाजनिक सुनुवाइ सकेर फर्किरहेका लामिछानेलाई मुग्लिङ बजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएका हुन् ।

त्यसक्रममा उनीहरूले ‘सहकारी ठग मुर्दावाद’, ‘सहकारी पीडितलाई न्याय दे’ र ’हाम्रो समस्या समाधान गर’ जस्ता नारा लगाएका थिए ।

नाराबाजीबीच प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरक्षा दिएर भरतपुरतर्फ पठाएको छ।

सहकारी पीडितको विरोधका क्रममा रास्वपाका कार्यकताहरूसँग धकेलाधकेलसमेत भएको थियो ।

तर त्यहाँ तैनाथ प्रहरीले झडप रोकेको थियो । प्रर्दशनमा उत्रिएकाबाट प्रहरीले कालोझण्डा खोसेर तितरबितर पारेको छ ।

भरतपुरस्थित सहारा चितवन बहुउद्देश्य सहकारीबाट करिब १३ करोड बराबरको रकम गोर्खा मिडिया नेट्वर्कमा अवैध लगानी गरिएको थियो।

पीडितहरूले यसअघि पनि रविलाई भेटेरे आफूहरूको बचत फिर्ताका लागि पहल गरिदिन भनेका थिए। तर सुनुवाइ नभएपछि उनीहरू आन्दोलित भएका हुन् ।

करिब ६ वटा सहकारीको लगानी हालिएको गोर्खा मिडियामा रवि प्रबन्ध निर्देशक थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : २८ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय