रविलाई उनकै निर्वाचन क्षेत्रमा सहकारी पीडितको कालोझण्डा « Khabarhub

रविलाई उनकै निर्वाचन क्षेत्रमा सहकारी पीडितको कालोझण्डा


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- सहकारी संस्थाको बचत हिनामिना भएपछि आन्दोलितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनमा कालोझण्डा देखाएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा आफ्नो संसदीय कार्यकालको तेस्रो सार्वजनिक सुनुवाइमा सहभागी इच्छाकामना गाउँपालिकास्थित मुग्लिङ बजार पुगेका बेला शुक्रबार सहकारी पीडितहरूले नाराबाजीसहित कालोझण्डा देखाएका हुन् ।

सर्वाजनिक सुनुवाइ सकेर फर्किरहेका लामिछानेलाई मुग्लिङ बजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएका हुन् ।

त्यसक्रममा उनीहरूले ‘सहकारी ठग मुर्दावाद’, ‘सहकारी पीडितलाई न्याय दे’ र ’हाम्रो समस्या समाधान गर’ जस्ता नारा लगाएका थिए ।

नाराबाजीबीच प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरक्षा दिएर भरतपुरतर्फ पठाएको छ।

सहकारी पीडितको विरोधका क्रममा रास्वपाका कार्यकताहरूसँग धकेलाधकेलसमेत भएको थियो ।

तर त्यहाँ तैनाथ प्रहरीले झडप रोकेको थियो । प्रर्दशनमा उत्रिएकाबाट प्रहरीले कालोझण्डा खोसेर तितरबितर पारेको छ ।

भरतपुरस्थित सहारा चितवन बहुउद्देश्य सहकारीबाट करिब १३ करोड बराबरको रकम गोर्खा मिडिया नेट्वर्कमा अवैध लगानी गरिएको थियो।

पीडितहरूले यसअघि पनि रविलाई भेटेरे आफूहरूको बचत फिर्ताका लागि पहल गरिदिन भनेका थिए। तर सुनुवाइ नभएपछि उनीहरू आन्दोलित भएका हुन् ।

करिब ६ वटा सहकारीको लगानी हालिएको गोर्खा मिडियामा रवि प्रबन्ध निर्देशक थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : २८ बजे

मोरङ र मकवानपुरबाट करिब एक हजार ३ सय ९१ किलो गाँजा बरामद

काठमाडौं– मोरङको रंगेली नगरपालिका-८ स्थित खेतबाट अवैध लागूऔषध गाँजा ९ सय

नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही– विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली

मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने

विराटनगर– कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण

सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा ‘स्पष्ट नीति’ आवश्यक

स्वदेशी तथा विदेशी लगानीमा विभिन्न काम भइरहेको ऊर्जा क्षेत्रमा केही

‘महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका’

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकार