लेबनानका नेपालीको उद्धार तयारी, परराष्ट्रमन्त्री भन्छिन्- नाम संकलन हुँदैछ « Khabarhub

लेबनानका नेपालीको उद्धार तयारी, परराष्ट्रमन्त्री भन्छिन्- नाम संकलन हुँदैछ


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरेल र लेबननको लडाकु समूह हिज्बुल्लाहबीचको युद्धका कारण समस्यामा परेका नेपालीको छिटै उद्धार गरिने बताएकी छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेशन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी राणाले त्रिभुवन विमानस्थलमा यस्तो बताएकी हुन् ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा युद्धका कारण लेबननमा रहेका नेपालीको उद्धारका लागि नाम संकलन भइरहेको जानकारी दिइन् ।

उनले समस्यमा परेका नेपाली सम्पर्कमा आउन नसकेका बताइन्। उनीहरूलाई तत्काल सम्पर्कमा ल्याउन पनि परिवारजनलाई आग्रह गरिन् ।

उनले आफ्नो अमेरिका र कतार भ्रमण सफल भएको पनि बताइन्। त्यसक्रममा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहका प्रतिनिधिहरूसँग फलदायी कुराकानी भएको मन्त्री राणाले बताइन् ।

आपसी हित र चासोका विविध विषय साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे अन्य राष्ट्रसँग छलफल भएको उनले जानकारी दिइन् ।

एसीडीको बैठकमा एशियाली क्षेत्रमा बढ्दो रुपमा देखिएको युद्धको अवस्था ठूलो चिन्ताको विषय बनेको धारणा राखेको सुनाइन् ।

उनले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा महिला प्रतिनिधित्वबारे पनि आवाज उठाएको जानकारी दिइन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : ४६ बजे

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै