सिस्नेरी पहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय « Khabarhub

सिस्नेरी पहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – यही असोज १२ गते सिस्नेरीको पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी र बत्सलादेवी माविका विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

जिल्ला बिपद् व्यवस्थापन समिति मकवानपुरले पहिरोमा परी मृत्यु भएका छ जना विद्यार्थीका परिवारलाई जनही रु दुई लाखका दरले राहत रकम हस्तान्तरण गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका–१२ का १४ वर्षीय अनुपम घलान, मकवानपुरगढीका १४ वर्षीय साइमन योञ्जन, सिस्नेरीका १४ वर्षीय दिवस बानियाँ, सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौँ कलङ्कीका ११ वर्षीय प्रियान्स आचार्य, बारा निजगढका १४ वर्षीय विकल रेग्मीको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

प्रजिअ चिलुवालले सिस्नेरी, फाखेल र बकैया गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित परिवारबारे शनिबारदेखि स्थलगत अध्ययन सुरु गर्ने र राहत रकम हस्तान्तरण गरिने जानकारी दिए ।

उनका अनुसार बाढीपहिरो प्रभावित पाँच जनासम्मको परिवारलाई प्रतिपरिवार रु १५ हजार र पाँच जनाभन्दा बढी सदस्य भएमा रु २० हजारका दरले नगद हस्तान्तरण गरिनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : १२ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं