सिस्नेरी पहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय « Khabarhub

सिस्नेरी पहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – यही असोज १२ गते सिस्नेरीको पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी र बत्सलादेवी माविका विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

जिल्ला बिपद् व्यवस्थापन समिति मकवानपुरले पहिरोमा परी मृत्यु भएका छ जना विद्यार्थीका परिवारलाई जनही रु दुई लाखका दरले राहत रकम हस्तान्तरण गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका–१२ का १४ वर्षीय अनुपम घलान, मकवानपुरगढीका १४ वर्षीय साइमन योञ्जन, सिस्नेरीका १४ वर्षीय दिवस बानियाँ, सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौँ कलङ्कीका ११ वर्षीय प्रियान्स आचार्य, बारा निजगढका १४ वर्षीय विकल रेग्मीको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

प्रजिअ चिलुवालले सिस्नेरी, फाखेल र बकैया गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित परिवारबारे शनिबारदेखि स्थलगत अध्ययन सुरु गर्ने र राहत रकम हस्तान्तरण गरिने जानकारी दिए ।

उनका अनुसार बाढीपहिरो प्रभावित पाँच जनासम्मको परिवारलाई प्रतिपरिवार रु १५ हजार र पाँच जनाभन्दा बढी सदस्य भएमा रु २० हजारका दरले नगद हस्तान्तरण गरिनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : १२ बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न