सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस « Khabarhub

सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – किर्ते कागजात बनाइ सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालले सिफारिस गरेको छ ।

प्रेस काउन्सिलले दृष्टि मिडिया प्रालिद्वारा सञ्चालित दृष्टिन्यूज डटकमको नाममा परिचयपत्र, कार्यअनुभवपत्र लगायतका नक्कली कागजपत्र बनाइ किर्ते गर्नेहरूलाई कारबाही गर्न सिफारिस गरेको हो ।

विभिन्न नक्कली कागजात बनाई अष्ट्रेलियाका लागि भिसा आवेदन गरेको विषय भारतको नयाँदिल्लीस्थित अष्ट्रेलियन दूतावासले जानकारी उल्लेख गर्दै दोषीउपर कारबाही गर्न नेपाल प्रहरी, उपत्यका प्रहरी कार्यालय काठमाडौँमा पत्राचार गरिएको प्रेस काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।

त्यसैगरी दि हिमालयन टाइम्स दैनिक र यसको अनलाइनपोर्टलबाट इलाइट हिमालयन एडभेन्चर्स प्रालि र निर्मल पूर्जाको नामसँग जोडेर विभिन्न मितिमा पटकपटक एकपक्षीय सामग्री सम्प्रेषण गरेको भनी दर्ता भएको उजुरीको अध्ययन गर्न काउन्सिलका सदस्य ठाकुरपसाद बेलबासेको संयोजकत्वमा तीन सदस्यीय कार्यदलसमेत गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : ३३ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना