घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने « Khabarhub

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले विभिन्न समस्याका बाबजुत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि काम गरिरहेको बताएका हुन् ।

सभापति लामिछानेले निर्वाचनताका गरेका प्रतिबद्धता पूरा गर्न आफूले सम्पूर्ण क्षमता लगाउने बताए । इच्छाकामनामा चेपाङ बालबालिकाको शिक्षाका लागि आवासीय नमूना विद्यालय भवन निर्माण गर्न लागिपरेको उनको भनाइ छ ।

“चेपाङ बालबालिकाका लागि एउटा नमूना आवासीय विद्यालय भवन निर्माण गरी सञ्चालन गर्ने तयारीमा छौँ, सकेसम्म सरकारी तवरबाट नभए अन्य ठाउँबाट स्रोत जुटाएर विद्यालय निर्माण गर्न म प्रतिबद्ध छु”, सभापति लामिछानेले भने ।

कार्यक्रममा सहभागीहरूले ग्रामीण सडक, सञ्चार, शिक्षा, ट्राफिक व्यवस्थापनलगायत क्षेत्रमा देखिएका समस्याबारे विभिन्न गुनासो राखेका थिए । कतिपयले सभापति लामिछानेसँग जोडिएको सहकारी प्रकरणबारे जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १० : ५० बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत