आज २०८१ साल कात्तिक १९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक १९ गते सोमबारको राशिफल


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक १९ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर ४ तारिख। कात्तिक शुक्ल पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : धनस्थानका वृहस्पति बक्र भएकाले आफ्नो हातले ठुलो लगानी नगर्नु राम्रो हुनेछ। बिहान शिवजीको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। दिन खराब भएकाले यात्रामा सचेत बन्नुपर्नेछ।

वृष : दिन सामान्य छ। आफन्त टाढिने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। राज्यका अंगमा भए तपाईंको बढुवा हुनेछ। स्वास्थ्यका क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्ने योग छ। परिवारमा भने कर्तव्य मात्र पुरा गर्नुपर्नेछ।

मिथुन : धनको लेखाजोखा गर्दा आम्दानी भन्दा खर्च बढी हुनेछ। आफूभन्दा सक्रिय रहेका प्रतिस्पर्धीलाई सानो नसोच्नु राम्रो हुनेछ। आफन्त तपाईंविरुद्ध सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। पञ्चम भावमा शुभग्रह भएकाले तपाईंको बोलीले ठुलो काम बन्नेछ। परोपकारमा सहभागी भएमा राम्रो हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा सहज बन्ने योग छ। धार्मिक यात्रा हुनेछ।

सिंह : दिन राम्रो छ। दाजुभाइको सहयोगले ठुलो काम बन्नेछ। राजनीतिक संगठन तपाईंको पक्षमा भएकाले ठुलो काम गर्ने अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : आज अरुले कुरा काट्ने भएकाले तपाईं शान्त बन्नुपर्नेछ। मनमा आउने खटपटी शान्त पार्न गणेशको चिन्तन र सम्झना गर्नु राम्रो हुनेछ। परिवारले तपाईंलाई सही सल्लाह दिनेछन्।

तुला : धन आर्जन गर्ने दिन हो। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। पठनपाठनलाई अल्छीपनले दुःख दिनेछ। निशुल्क सेवा गर्ने अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सहज छ। मनमा हुने झन्झट हटाउने प्रयास गर्नुपर्नेछ। साना कुराले मन अशान्त बन्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्राविधिक क्षेत्रमा सफलता मिल्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। सोचेको काम नबन्ने जोखिम छ। महत्वकांक्षी योजना अगाडि नबढाउनु राम्रो हुनेछ। राजनीतिक संगठनले तपाईंलाई महत्त्वपूर्ण जिम्मेवारी दिएकाले सदुपयोग गर्न सिक्नु राम्रो हुनेछ।

मकर : धनस्थानमा शनिदेव रहेकाले ठुलो खर्च नगर्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। दाजुभाइले राम्रो साथ दिनेछन्। स्वदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।

कुम्भ : शुभग्रह भाग्यको स्थानमा छन्। तपाईंले सोचेका सबै काम नबन्ने जोखिम छ। सानासाना केही काम भने सफल हुनेछन्। एकल निर्णय घातक हुनेछ। विदेशी रमझमले मन तान्नेछ। परिवारले साथ र सहयोग गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन मध्यम छ। शिक्षा र स्वास्थ्यको क्षेत्र सहज बन्नेछ। आर्थिक र राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। आफन्तबाट असहयोग हुने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ५ : १५ बजे

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि