४६ वर्षपछि नेपाल फर्किँदै जापानी सांगीतिक समूह गोडाइगो « Khabarhub

४६ वर्षपछि नेपाल फर्किँदै जापानी सांगीतिक समूह गोडाइगो

‘नेपाल–जापान फेस्टिभल २०२६’ को अन्तिम तयारी पूरा


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौँको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६’ आयोजना गरिँदैछ ।

नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा हुन लागेको महोत्सवले दुई देशबीचको सात दशक लामो मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह गोडाइगो को विशेष प्रस्तुति रहनेछ । सन् १९८० मा काठमाडौँको दशरथ रंगशालामा ऐतिहासिक प्रस्तुति दिएको गोडाइगो ४६ वर्षपछि पुनः नेपालमा प्रस्तुत हुन लागेको हो । यसैगरी, जापानका चर्चित हिपहप कलाकार मम्मी–डी सहित कववेभ, कुटुम्ब र सविन राई एण्ड द फराहो नेपाली व्याण्डहरुको समेत विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

महोत्सवले सांस्कृतिक सम्बन्धसँगै मानवीय सहयोगको सन्देशसमेत प्रवाह गर्नेछ । भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले जापानमा आयोजित आफ्नो सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सव कार्यक्रममा संकलन गरेको रकममध्ये करिब ३० लाख नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ ।

सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ। यस महोत्सवले दुई देशबीचको मित्रतालाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।

महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीतको संगमसँगै विभिन्न सांस्कृतिक गतिविधिसमेत सञ्चालन हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहने छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १२ : ३६ बजे

४६ वर्षपछि नेपाल फर्किँदै जापानी सांगीतिक समूह गोडाइगो

काठमाडौँ– नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपाल ‘फिल्डिङ’मा

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड

मुस्ताङ भन्सार कार्यालयबाट चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व

मुस्ताङ– मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

मुस्ताङ– नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार

शपथपछि मुख्यमन्त्री यादवले भने- सर्वदलीय सरकार बनाउँछु

जनकपुरधाम– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय