साउदी अरबमा पुरातत्वविद्‍ले भेट्टाए चार हजार वर्ष पुरानो शहर « Khabarhub

साउदी अरबमा पुरातत्वविद्‍ले भेट्टाए चार हजार वर्ष पुरानो शहर


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुरातत्वविद्हरूले साउदी अरबमा करिब चार हजार वर्ष पुरानो शहर फेला पारेका छन् ।

साउदीको मरुभूमि क्षेत्रमा लुकेको ४,००० वर्ष पुरानो सुदृढ सहरको खोजले त्यसबेलाको जीवन घुमन्तेबाट शहरी जीवनमा परिवर्तन भइरहेको तथ्य भेटिएको अनुसन्धानकर्ताहरूको दाबी छ । उत्तरपश्चिम साउदीमा भेटिएको यो पुरानो सहरको नाम अल-नाताह हो ।

यो सहर लामो समयसम्म खैबरको पर्खालले घेरिएको ओएसिसमा लुकेको थियो । यो खोज पुरातन समयमा पनि यस क्षेत्रमा उन्नत सभ्यताहरू अवस्थित थियो भन्ने प्रमाण हो ।

यस अध्ययनको विवरण प्लस वन नामको जर्नलमा प्रकाशित भएको छ । एक रिपोर्टका अनुसार खैबरको मरुभूमि क्षेत्रमा रहेको यो साइट प्रारम्भिक कांस्य युगमा घुमन्तेदेखि बसोबास गर्ने जीवनशैलीमा आएको परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

फ्रान्सेली पुरातत्वविद् गुइलाउम चार्लक्सको नेतृत्वमा गरिएको अनुसन्धानले ५० भन्दा बढी छुट्टाछुट्टै पुरातन घर र १४.५ किलोमिटर लामो पर्खाल फेला पारेको छ ।

अब जर्नल पीएलओएस वानमा प्रकाशित एक नयाँ अध्ययनमा, फ्रान्सेली-साउदी अनुसन्धानकर्ताको टोलीले यो पर्खाल र्‍याम्पर्ट शहर नजिकै निर्माण गरिएको बताएको छ ।

अनुसन्धानकर्ताहरू भन्छन्, ‘त्यो समय ठूलो शहर थियो । यहाँ करिब ५ सय मानिस बस्थे । यो बस्ती २४०० ईसा पूर्व प्रारम्भिक कांस्य युगमा बसोबास गरिएको थियो र लगभग १४०० ईसा पूर्वसम्म बसोबास गरिएको हुन सक्छ । हजार वर्षपछि यो उजाड भयो । यद्यपि बासिन्दाले शहर किन छोडे, कसैलाई थाहा छैन । जब अल-नाताह बनाइएको थियो, भूमध्य सागरको लेभान्ट क्षेत्र, हालको सिरियादेखि जोर्डनसम्म, फस्टाउँदै थियो ।’

अन्वेषकहरू भन्छन्, ‘त्यसबेला, उत्तरपश्चिमी अरबलाई बाँझो मरुभूमि मानिन्थ्यो, जहाँ पास्टरल घुमन्तेहरू बस्ने गर्थे र त्यहाँ धेरै चिहानहरू थिए ।’

१५ वर्ष पहिले पुरातत्वविद्हरूले खैबरको उत्तरमा, तैमाको ओएसिसमा कांस्य युगको पर्खाल पत्ता लगाएका थिए । यो पहिलो महत्त्वपूर्ण खोजले वैज्ञानिकहरूलाई यी ओएसहरूलाई नजिकबाट हेर्न प्रेरित गरेको बताइएको छ ।

बेसाल्ट भनिने कालो ज्वालामुखी चट्टानहरूले अल-नट्टाहको पर्खाललाई पूर्ण रूपमा लुकाएको र यसले साइटलाई अवैध उत्खननबाट जोगाएको अनुसन्धानकर्ता चार्लक्सले बताएका छन् ।

माथिबाट साइट अवलोकन गर्दा सम्भावित मार्गहरू र घरहरूको जगहरू प्रकट भयो, जसले पुरातत्वविद्हरूलाई उत्खनन गर्न आवश्यक ठाउँहरू देखायो । उत्खननमा फेला परेको जगबाट यो कम्तिमा एक वा दुई तले घरका लागि भएको प्रष्ट हुन्छ ।

उनका अनुसार प्रारम्भिक नतिजाले २.६ हेक्टर क्षेत्रको सहरको तस्विर आफ्नै पर्खालले घेरिएको पहाडमा ५० घर रहेको छ । यहाँ भेटिएको कब्रिस्तान भित्रका चिहानहरूमा बन्चरो, खंजर र एगेट ढुङ्गा भेटिएको थियो । जसले धेरै पहिलेको तुलनात्मक रूपमा उन्नत समाजलाई सङ्केत गर्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ५८ बजे

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं- संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक

दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर

महोत्तरी– आसन्न प्रतिनिधिसभा निर्वाचनको खुला चुनावी प्रचारको अवधि घर्कंदै गर्दा