मुस्ताङको रेस्टुरेन्टमा जुवाखाल : साढे ८ लाखसहित १२ जना समातिए « Khabarhub

मुस्ताङको रेस्टुरेन्टमा जुवाखाल : साढे ८ लाखसहित १२ जना समातिए


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुस्ताङस्थित एउटा रेस्टुरेन्टमा जुवाखाल जमाइरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेस्टुरेन्टबाट उनीहरूलाई साढे ८ लाख रूपैयाँसहित पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगद बरामद भएको छ । त्यसैगरि ८ बुक तास पनि बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई मंगलबार कार्यालय खुलेपछि म्याद थप गरेर अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताएका छन् ।

को को पक्राउ परे ?
१. ५० वर्षीय सुरज लालचन

२. ५६ वर्षीय राजु लालचन

३. ५० वर्षीय जेम्स हिराचन

४. ५३ वर्षीय गुञ्ज हिराचन

५. ६० वर्षीय दलबहादुर हिराचन

६. ५० वर्षीय विश्व लालचन

७. ५९ वर्षीय आइत ज्वारचन

८. ३८ वर्षीय समिर ज्वारचन

९. ५० वर्षीय कविन ज्वारचन

१०. ६५ वर्षीय यामप्रसाद मगर

११. ४० वर्षीय सन्तोष लालचन

१२. ६० वर्षीय कमल हिराचन

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १२ : ५९ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक