इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु « Khabarhub

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा दश जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्  । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछी प्रभावित षेत्रका बासिन्दाहरूले  आफूहरू भयभीत भएको बताएका छन् ।  

इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताएका छन् ।  उनका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ । 

एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ । ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् । 

ज्वालामुखी मामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रविन्दु) को सात किलोमिटर दायराभित्र केही गतिविधिहरू नगर्न निर्देशन दिएको छ ।  

पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रुपमा वृद्धि भइ घरहरूमा क्षति गरे पछि स्थानीयले साम्प्रदायिक भवनमा शरण लिएका छन् । 

ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिँदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयहरूलाई मास्क लगाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १ : ०४ बजे

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ