रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै « Khabarhub

रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई भोलि सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।

बुधबार बेलुका नै रविको बयान सकिएको भएपनि बिदा भएका कारण सोमबार अदालतमा उपस्थित गराइने भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगीसम्बन्धीमा प्रहरीले लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ  गरेको थियो । हिरासतमा भएकाले उनले यो पटक भाइटीका लगाउन नपाएको रास्वपा नेता दीपक बोहोराको भनाइ छ । 

बोहोराका अनुसार रविलाई शुभेच्छुक र दुई जना दिदीहरूले फोटोमै टिका लगाएका छन् । उनी हिरासत रहँदा विभिन्न पुस्तकहरूको अध्ययन  गरिरहेको रास्वपा नेताहरूको भनाइ छ । 

रविको बयान सकिएपछि उनीसँग जोडिएका अन्य व्यक्तिहरूको विषयमा पनि प्रहरीले अध्ययन अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : १५ बजे

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि