प्रतिआतंकवाद निगरानी सूचीमा आफ्नो नाम आएपछि पाकिस्तानी अभियन्ताको आपत्ति « Khabarhub

प्रतिआतंकवाद निगरानी सूचीमा आफ्नो नाम आएपछि पाकिस्तानी अभियन्ताको आपत्ति


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको प्रतिआतंकवाद निगरानी सूचीमा आफ्नो नाम आएपछि बलुचिस्तानकी मानव अधिकारवादी कार्यकर्ता महरंग बलोचले आपत्ति जनाएकी छिन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बलुचिस्तानमा मानव अधिकारबारे अभियान सञ्चालन गरिरहेकी उनले प्रतिआतंकवाद निगरानी सूचीमा आफ्नो नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

पाकिस्तानी संविधानको चौथो अनुसूचीका आधारमा राष्ट्रिय प्रतिआतंकवाद प्राधिकरणले यस्तो सूची जारी गरेको हो । यो सूचीमा महरंग बलोचसहित अर्का अभियन्ता सिबघतुल्लाह शाह जीको नाम पनि समावेश गरिएको छ ।

शान्तिपूर्ण अभियान चलाइरहेका व्यक्तिहरूलाई डर देखाएर प्रभावमा पार्न सेनाको आडमा सरकारले यस सूचीमा आफ्नो नाम उल्लेख गरेको उनको दाबी छ । प्रतिआंतकवाद सूचीमा आफ्नो नाम उल्लेख भएपनि शान्तिपूर्ण अभियानमा आफू लागिरहने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ३ : ०१ बजे

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको