पाकिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या ४३ पुग्यो « Khabarhub

पाकिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या ४३ पुग्यो


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा यस वर्ष पोलियो सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ । हालै बलुचिस्तान प्रान्तको चगइ जिल्लामा नयाँ बिरामी फेला परेसँगै सङ्क्रमितको कुल सङ्ख्या ४३ पुगेको हो ।

पाकिस्तानको पोलियो उन्मूलन कार्यक्रमका अनुसार क्षेत्रीय प्रयोगशालाले उक्त जिल्लामा वाइल्ड पोलियोभाइरस टाइप–१ का सङ्क्रमित फेला पारेको हो । उक्त जिल्लामा पोलियोका सङ्क्रमित भेटिएको यो पहिलो पटक रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्त पोलियो सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित छ । सो प्रान्तमा पोलियोका २२ जना बिरामी फेला परेका छन् । त्यसैगरी, सिन्ध प्रान्तमा १२ जना, खैबर पख्तुनख्वामा ७ जना तथा पञ्जाब र इस्लामावादमा समान एक जनामा पोलियो सङ्क्रमण पत्ता लागेको छ ।

संसारका प्रायः सबै मुलुकबाट उन्मूलन भइसकेको पोलियो हाल पाकिस्तान र अफगानिस्तानमा मात्रै भेटिने गरेको छ । पाकिस्तान सरकारले पोलियो उन्मूलनका लागि खोप अभियान सञ्चालन गरेपनि खासै प्रभावकारी भने देखिएको छैन ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ३ : १७ बजे

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको