रविको फोटोमै भाइटीका ! « Khabarhub

रविको फोटोमै भाइटीका !


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

उनी कात्तिक ३ गतेदेखि हिरासत रहेकाले यस पटकको तिहार मनाउन पाएनन् । भाइटीकाको दिन आइतबार उनीसहित उनका दुई दिदी र शुभेक्छुकको तिहार खल्लो भयो । त्यहीकारण दिदीहरूले रविको फोटोमै भाइटीका लगाइदिएका छन् ।

‘रवि दाइ हिरासतमा भएकाले दिदीहरू र शुभेक्छुकले तस्बिरमै भाइटीका लगाउनुभएको छ’, रास्वपाका नेता दीपक बोहोराले खबरहबलाई भने, ‘सयौँको संख्यामा रवि दाइका समर्थकले फोटोमा टीका लगाएर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नुभएको छ ।’

अघिल्लो तिहारमा दिदीहरूसँग रवि लामिछाने

बोहोराले भनेजस्तै स्वस्तिका लामिछानेले विधिपूर्वक तिहारको भाइटीका रविको फोटोमा लगाइदिएर सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गरेकी छन् । त्यो भिडियोमा २० हजारभन्दा बढीले लाइक गरेका छन् । ५ हजार ५ सय ८८ वटा कमेन्ट आएका छन्।

यस्तै शमशेर क्षेत्री सिन्धुपाल्चोक आइडीबाट टिकटकमा हालिएको भिडियोमा पनि एकजना महिलाले रविको फोटोमा भाइटीका लगाएकी छन् । उक्त भिडियोमा २५ हजारले लाइक गरेका छन् भने १ हजार १ सय २९ जनाको कमेन्ट पढ्न सकिन्छ ।

उक्त फोटोमा ‘रवि दाइ हामी तिम्रो साथमा छौँ’ लेखिएको छ । यस्तै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पनि रविलाई टीको लगाइदिएका अन्य भिडियो पोस्ट गरिएको छ ।

यसअघि रास्वपाले पार्टीका समर्थकलाई तिहार र छठसम्म आन्दोलन स्थगित गरिएको जानकारी दिएको थियो । तर रास्वपाले देउसी भैलो खेलेर सरकारलाई दबाब दिन भनेको थियो । त्यसैगरी तिहारमा रविको फोटोमै भाइटीका लगाउन पनि उसले आव्हान गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ४ : ५४ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका