आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलटले जोगाए ज्यान « Khabarhub

आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलटले जोगाए ज्यान


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको उत्तरप्रदेशस्थित आगरामा वायुसेनको एउटा जहाज दुर्घटनामा परेको छ । यो दुर्घटनापछि पाइलट र को-पाइलट दुई किलोमिटर वरपर जीवितै भेटिएका छन् ।

समाचार अनुसार प्राविधिक समस्या आएपछि पाइलटले यो विमानलाई सुझबुझ देखाएर कागारौलको सोनिगा गाउँनजिकैको खाली खेतमा फोर्स ल्यान्डिङ गराएका थिए । यदि बस्तीमा यो जहाज खसेको भए ठूलो जनधनको क्षति हुन सक्थ्यो ।

जहाजमा समस्या आएपछि पाइलट र को-पाइलटले प्यारासुटबाट छलाङ लगाएर ज्यान बचाएका थिए । यसबारेमा भारतीय वायु सेनाले औ‍पचारिक भनाइ सार्वजनिक गरेको छैन।

शुरुआती जानकारीअनुसार यो मिग-२९ लडाकु विमान पञ्जाबको आदमपुरदेखि उडेको थियो । विमान खसेपछि घटनास्थलमा स्थानीयको ठूलो भिड लागेको छ। अहिले त्यहाँ प्रहरी पुगेर जाँच मुचुल्का उठाइसकेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ५ : ३१ बजे

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको