देउसीभैलोबाट संकलन भएको पैसाले गाईबाच्छा संरक्षण गरिने | Khabarhub Khabarhub

देउसीभैलोबाट संकलन भएको पैसाले गाईबाच्छा संरक्षण गरिने


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गाईबाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट दुई लाख ४४ हजार तीन सय १६ संकलन भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एकसय रोपनी क्षेत्रफलमा सडकमा छाडिएका गाईबाच्छाको संरक्षण गरिएको छ । दुई सयको स्ख्यामा संरक्षण गरिएको गाईबाच्छाका आहारा जुटाउन देउसीभैलो खेलिएको थियो । 

देउसीभैलोबाट नगद बाहेक पिठो २० बोरा, दाना पाँच बोरा प्राप्त गरेको गाईबाच्छा संरक्षण अभियन्ता भगवान् पुडासैनीले जानकारी दिए। देउसीभैलोमा तीन जनाले आजीवन सदस्यता लिएका छन् । आजीवन सदस्यताबाट रु दुई लाख ५९ हजार तीन सय १६ जम्मा भएको छ । 

 गाईबाच्छा संरक्षण अभियान स्वयंसेवी अभियान हो । यस अभियानमा आवद्धले काठमाडौँ उपत्यकाका सडकमा छाडिएका गाईबाच्छाको उद्धार गरी पुनःस्थापना गर्दै आएका छन् । अभियानका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पशु एम्बुलेन्ससमेत उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ५ : ५२ बजे

बढी धान उत्पादन गर्ने तीन किसान पुरस्कृत

दाङ – राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने

पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौं – मंसिर २८ गते हुने पत्रकार महासंघको केन्द्रिय निर्वाचनका

प्राकृतिक विपत्तिका कारण तीन खर्ब १० अर्ब अमेरिकी डलर बराबरको क्षति

जुरिच – सन् २०२४ मा प्राकृतिक विपत्तिका कारण तीन खर्ब

दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा

काठमाडौं – दशौँ राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३०

साताको ब्रिफिङ : बीआरआई अघि बढ्ने निश्चित, कांग्रेसमा फेरि संघर्ष, रोचक मोडतिर एनपीएल

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका