क्यानाडामा मन्दिर तोडफोड : हिन्दु समुदाय विरोधमा उत्रिने, भारतको पनि आपत्ति « Khabarhub

क्यानाडामा मन्दिर तोडफोड : हिन्दु समुदाय विरोधमा उत्रिने, भारतको पनि आपत्ति


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

क्यानाडा- क्यानाडामा एउटा हिन्दु मन्दिरमा आक्रमण र तोडफो भएको छ। त्यसको विरोधमा उत्तरी अमेरिकाका हिन्दुहरूको गठबन्धन (सीओएचएनए)ले आन्दोलन गर्ने भएको छ ।

क्यानाडाको ब्र्याम्पटनस्थित हिन्दु सभा मन्दिरमा खालिस्तानी समूहका सदस्यले आक्रमण गरेको बताइएको छ । त्यसको विरोधमा हिन्दुहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएका हुन् ।

समाचार अनुसार यो विरोध प्रदर्शन मन्दिर र नजिकैको लक्ष्मी नारायण मन्दिरमा खालिस्तानी धम्की तथा हिन्दू विरोधी धारणाविरुद्ध एकता देखाउन गर्न लागिएको हो ।

यसलाई लिएर संगठनले एक्समा एक पोस्ट सार्वजनिक गरेको छ। जसमा ४ नोभेम्बर साँज ६ बजे हिन्दू सभा मन्दिर, ब्र्याम्पटन र लक्ष्मी नारायण मन्दिर क्षेत्रमा शान्तिपूर्ण विरोध प्रदर्शनका लागि जोडिन भनिएको छ । क्यानाडामा हिन्दु मन्दिरमा हिंसाको एक दिनपछि आएको खालिस्तानी धम्की र हिन्दु विरोधी धारणाबारे एकजुट हुन पनि भनिएको छ ।

यसअघि संगठनले आक्रमणको एक भिडियो पनि सार्वजनिक गरेको थियो । जसमा हिन्दू क्यानेडियन फाउन्डेशनले खालिस्तानी आतंकवादीले बालबालिका र महिलामाथि आक्रमण गरेको आरोप लगाइएको थियो ।

उता क्यानाडामा भारतीय उच्चायोगले यस हमलालाई ‘भारत विरोधी’ तत्वकोतर्फबाट गराइएको हिंश्रक व्यवधान भनेको थियो । उच्च आयोगले भारतीय नागरिकको सुरक्षाबारे पनि चिन्ता जनाएको थियो।

भारतीय दूतावासको वक्तव्यमा स्थानीय सह-आयोजकको पूर्ण सहयोगमा वाणिज्य दूतावासको तर्फबाट आयोजित नियमित परामर्श कार्यमा यस प्रकारका व्यवधानबारे त्यहाँको सरकारले आँखा चिम्लिनुलाई आपत्ति र निराशाजनक भनिएको थियो । दूतावासले आफूहरू भारतीय नागरिकसहित अन्यको सुरक्षामा चिन्तित रहेको बताइएको थियो ।

उता भारतीय विदेश मन्त्रालयले सोमवार को ब्र्याम्पटनमा हिन्दु सभा मन्दिरमा चरमपन्थी र अलगाववादीले गरिएको हिंसाको निन्दा गरेको थियो । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले क्यानाडा सरकारसँग हिंसामा सहभागीलाई कारबाही गर्न भनेका थिए ।

यस आक्रमणको क्यानाडामा पनि विरोध भइरहेको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले पनि यस घटनाको निन्दा गरेका छन् । क्यानाडाका विपक्षी नेता पियरे पोलीभरले यस घटनालाई कुनै हालतमा स्वीकार्न नसकिने बताए ।

प्रधानमन्त्री ट्रूडोले एक्समा एक पोस्ट लेख्दै ब्र्याम्पटनमा हिन्दु सभामाथि भएको हिंसा अस्वीकार्य रहेको बताएका छन् । उनले क्यानाडामा आफ्नो धर्मको स्वतन्त्र र सुरक्षित पालना गर्ने अधिकार सबैलाई रहेको बताएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ६ : ०३ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।