संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : विमलेन्द्र निधि « Khabarhub

संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : विमलेन्द्र निधि


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

धनुषा । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधानअनुसार प्रदेशलाई दिइनुपर्ने बताएका छन् ।

महोतरीका कांग्रेसका चर्चित नेता सहिद स्व शिवचन्द्र मिश्रको ८१ औँ जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधीले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेस नै नेतृत्व लिन आवश्यक रहेको बताए । निधिले भने, “मधेश सरकार कमजोर भयो भन्नु गलत हो, कमजोर नियोजित रूपमा बनाइँदै छ, त्यसका लागि आन्दोलन गर्नुपर्ने हुन्छ ।”

सर्वपक्षीय सर्वदलीय सङ्र्घषपछि कांग्रेसको नेतृत्वमा सङ्घीय गणतन्त्रात्मक प्रणालीसहितको संविधान पाइएको बताउँदै उहाँले स्व शिवचन्द्र मिश्र सहिद दुर्गानन्द झासहितका नेता र योद्धाहरूका प्रेरणाबाट मधेसमा कांग्रेसले विरासत बनाएको उल्लेख गरे ।

गणतन्त्रवादी नेता दुर्गानन्द झाका सहयात्री शिवचन्द्र मिश्र रहेको स्मरणमा जेलनेल भोगेका कुराहरू स्मरण गराउँदै निधिले स्व मिश्र लोहरपट्टी मात्र होइन देशकै सपुत रहेको बताए । कांग्रेस महोतरीका सभापति नागेश्वर यादवले नेता निधि भौतिक पूर्वाधारमन्त्री हुँदा महोतरीमा भएको सडक विकास विस्तारप्रति धन्यवाद दिएका थिए ।

लोहरपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव तथा कांग्रेसका अग्रज नेता महेन्द्र मिश्रले लोहरपट्टीसहितको क्षेत्रमा आँखाको बिरामी बढ्दै गएकाले उपचारका लागि एउटा अस्पताल आवश्यक रहेको भन्दै पहलकदमीका लागि नेता निधीलाई आग्रह गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ९ : ३३ बजे

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव