पोखरा भर्सेस चितवन : कम रन, ४ ब्याटर शून्यमा सीमित, बलरको संयोग « Khabarhub

पोखरा भर्सेस चितवन : कम रन, ४ ब्याटर शून्यमा सीमित, बलरको संयोग


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौ खेलमा पोखरा एभेन्जर्सविरुद्धको खेलमा चितवन राइनोजले सहज जीत निकाल्यो । पोखरा ब्याटिङमा निकै कमजोर देखियो । खेलमा चितवनका बलर हाबी रहे ।

कीर्तिपुर मैदानमा यो सिजनको पहिला खेलका पोखरा कीतिपुर मैदानमा प्रवेश गरेको थियो । ब्याटर नचल्दा ५ खेलमा सबैभन्दा कम रन बनाउने टोली पोखरा नै बन्यो ।

पोखराले १३ दशमलव २ ओभरमा मात्र ७४ रन जोड्न सक्यो । पोखराको रनभन्दा बढी ८७ रनले चितवन आजको खेलको विजेता बन्यो ।

दोस्रो कम रन बनाउने टोली भने विराटनगर किङ्ग्स हो । यसले सुदूरपश्चिमसँगको खेलमा १६ दशमलव १ ओभरमा ९२ रन जोडेको छ ।

तीन बलरको संयोग

पोखरालाई ७४ रनमा प्याकअप गर्न चितवनका तीन खेलाडी रिजन ढकाल, सोहल तानवीर र लुक बेन्केस्स्टाइनको बलिङ घातक बन्यो ।

संयोग ! यी तीनैले समान तीन–तीन विकेट लिए । अर्को रोचक संयोग पनि छ । सोहल र रिजनले फरक एक ओभरमा तीन–तीन विकेट लिए ।

सोहितले पहिलो ओभरको बलमै पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेललाई आउट गरे । पहिलो ओभरको पाँचौ बलमा दिलिप नाथ र अन्तिम बलमा बास दे लीडेलाई आउट गरे ।

रिजन चौथो ओभरमा बलिङ गर्न आए । उनले पनि एकै ओभरमा तीन ब्याटरलाई सस्तैमा पवेलियन फर्काए ।

चौथो ओभरको पहिलो बलमै रिजनले दिनेश खरेललाई आउट गराए । किरण थगुन्ना र माइकल पनि रिजनको बल सामु टिक्न सकेनन् । किरण चौथो बल र माइकल अन्तिम बलमा आउट भए । रिजनले तीनै खेलाडीलाई एलबीडब्ल्यू आउट गरेका हुन् ।

६ विकेट ७ रन

पहिलो ओभरमै तीन विकेट गुमेपछि टिम पोखरा स्वाभाविक दबाबमा प¥यो । पहिलो ओभरको सामाप्तिमा यो टिम ३ विकेटको क्षति सहित तीन रनको दयनीय अवस्थामा पुग्यो ।

यस पछिका ओभरमा पोखराको अवस्था झन् दयनीय बन्यो । चौथो ओभर रिजनले बलिङ गरे । उनले तीन विकेट लिएपछि चौथो ओभरमै पोखराको ६ विकेट खस्यो ।

चौथो ओभरको समाप्तिमा पोखरा ६ विकेटको क्षतिसहित ७ रनको नाजुक अवस्थामा देखियो ।

चार ब्याटर शून्यमा आउट

चितवनसँगको खेलमा पोखराका चार खेलाडीले रनका खाता खोल्न सकेनन् । दुई विदेशी र दुई घरेलु खेलाडीले रन जोड्न नसकेका हुन् ।

नेदरल्यान्ड अलराउन्डसमेत रहेका बास दे लीडे र स्कटल्यान्ड माइकल लिस्क रन जोड्न नसक्ने पोखराका विदेशी खेलाडी हुन् ।
रन नजोड्ने घरेलु खेलाडी कुशल भुर्तेल र सागर ढकाल हुन् ।

बास दे लीडे र कुशल पहिलो बलकै सामना गर्न नसकेका हुन् । माइकलले दोस्रो बलमा आउट भए । सागरले एक बल सामान गरे रन जोड्न सकेनन् । दशौं विकेटका रुपमा विपिन खत्री आउट भएपछि सागर अविजित शून्यमै सीमित भए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : ५३ बजे

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित