पोखरा भर्सेस चितवन : कम रन, ४ ब्याटर शून्यमा सीमित, बलरको संयोग « Khabarhub

पोखरा भर्सेस चितवन : कम रन, ४ ब्याटर शून्यमा सीमित, बलरको संयोग


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौ खेलमा पोखरा एभेन्जर्सविरुद्धको खेलमा चितवन राइनोजले सहज जीत निकाल्यो । पोखरा ब्याटिङमा निकै कमजोर देखियो । खेलमा चितवनका बलर हाबी रहे ।

कीर्तिपुर मैदानमा यो सिजनको पहिला खेलका पोखरा कीतिपुर मैदानमा प्रवेश गरेको थियो । ब्याटर नचल्दा ५ खेलमा सबैभन्दा कम रन बनाउने टोली पोखरा नै बन्यो ।

पोखराले १३ दशमलव २ ओभरमा मात्र ७४ रन जोड्न सक्यो । पोखराको रनभन्दा बढी ८७ रनले चितवन आजको खेलको विजेता बन्यो ।

दोस्रो कम रन बनाउने टोली भने विराटनगर किङ्ग्स हो । यसले सुदूरपश्चिमसँगको खेलमा १६ दशमलव १ ओभरमा ९२ रन जोडेको छ ।

तीन बलरको संयोग

पोखरालाई ७४ रनमा प्याकअप गर्न चितवनका तीन खेलाडी रिजन ढकाल, सोहल तानवीर र लुक बेन्केस्स्टाइनको बलिङ घातक बन्यो ।

संयोग ! यी तीनैले समान तीन–तीन विकेट लिए । अर्को रोचक संयोग पनि छ । सोहल र रिजनले फरक एक ओभरमा तीन–तीन विकेट लिए ।

सोहितले पहिलो ओभरको बलमै पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेललाई आउट गरे । पहिलो ओभरको पाँचौ बलमा दिलिप नाथ र अन्तिम बलमा बास दे लीडेलाई आउट गरे ।

रिजन चौथो ओभरमा बलिङ गर्न आए । उनले पनि एकै ओभरमा तीन ब्याटरलाई सस्तैमा पवेलियन फर्काए ।

चौथो ओभरको पहिलो बलमै रिजनले दिनेश खरेललाई आउट गराए । किरण थगुन्ना र माइकल पनि रिजनको बल सामु टिक्न सकेनन् । किरण चौथो बल र माइकल अन्तिम बलमा आउट भए । रिजनले तीनै खेलाडीलाई एलबीडब्ल्यू आउट गरेका हुन् ।

६ विकेट ७ रन

पहिलो ओभरमै तीन विकेट गुमेपछि टिम पोखरा स्वाभाविक दबाबमा प¥यो । पहिलो ओभरको सामाप्तिमा यो टिम ३ विकेटको क्षति सहित तीन रनको दयनीय अवस्थामा पुग्यो ।

यस पछिका ओभरमा पोखराको अवस्था झन् दयनीय बन्यो । चौथो ओभर रिजनले बलिङ गरे । उनले तीन विकेट लिएपछि चौथो ओभरमै पोखराको ६ विकेट खस्यो ।

चौथो ओभरको समाप्तिमा पोखरा ६ विकेटको क्षतिसहित ७ रनको नाजुक अवस्थामा देखियो ।

चार ब्याटर शून्यमा आउट

चितवनसँगको खेलमा पोखराका चार खेलाडीले रनका खाता खोल्न सकेनन् । दुई विदेशी र दुई घरेलु खेलाडीले रन जोड्न नसकेका हुन् ।

नेदरल्यान्ड अलराउन्डसमेत रहेका बास दे लीडे र स्कटल्यान्ड माइकल लिस्क रन जोड्न नसक्ने पोखराका विदेशी खेलाडी हुन् ।
रन नजोड्ने घरेलु खेलाडी कुशल भुर्तेल र सागर ढकाल हुन् ।

बास दे लीडे र कुशल पहिलो बलकै सामना गर्न नसकेका हुन् । माइकलले दोस्रो बलमा आउट भए । सागरले एक बल सामान गरे रन जोड्न सकेनन् । दशौं विकेटका रुपमा विपिन खत्री आउट भएपछि सागर अविजित शून्यमै सीमित भए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : ५३ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था