मापदण्ड विपरीत कुनै संरचना नबनाउन प्राधिकरणको आग्रह | Khabarhub Khabarhub

मापदण्ड विपरीत कुनै संरचना नबनाउन प्राधिकरणको आग्रह


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत निर्माण मापदण्ड विपरीत कुनै किसिमको भौतिक संरचना नबनाउन आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गरी काठमाडौं उपत्यका भित्रका क्षेत्रमा सम्बन्धित स्थानीय तहबाट नक्सा स्वीकृत गराई योजना अनुमति लिएर मात्र जग्गा विकास, सामूहिक आवास, संयुक्त आवास एवं संस्थागत, सार्वजनिक, व्यापारिक, भोजभतेर स्थल, अस्पताल, विद्यालय, नर्सिङ होमलगायत संरचना निर्माण थाल्न सुझाएको हो ।

मापदण्ड विपरीत अनुमति नलिई कुनै पनि संरचना निर्माण गरिएको पाइए कारबाही हुने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणले मापदण्ड विपरीत बनेका संरचना भत्काउन दिइएको आदेश पालना नभए प्राधिकरण आफैँले हटाउने, भत्काउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने, जरिवाना समेत गर्न सक्ने जनाएको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाभित्र भू उपयोग क्षेत्र तोकी, भौतिक विकासका लागि आवश्यक सर्त निर्धारण गर्ने, त्यस्ता क्षेत्रमा गरिने निर्माणको विधि तोक्ने, जग्गा विकास कार्यक्रम सरकारबाट स्वीकृत गराई कार्यान्वयन गर्ने कार्य गर्दै आएको छ ।

कुनै व्यक्ति, सङ्घ–संस्थाले योजना अनुमति नलिई मापदण्ड विपरीत निर्माण कार्य गरेको थाहा भएमा जानकारी गराई सहयोग गरिदिन प्राधिकरणले सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ८ : ५७ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय