मापदण्ड विपरीत कुनै संरचना नबनाउन प्राधिकरणको आग्रह « Khabarhub

मापदण्ड विपरीत कुनै संरचना नबनाउन प्राधिकरणको आग्रह


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत निर्माण मापदण्ड विपरीत कुनै किसिमको भौतिक संरचना नबनाउन आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गरी काठमाडौं उपत्यका भित्रका क्षेत्रमा सम्बन्धित स्थानीय तहबाट नक्सा स्वीकृत गराई योजना अनुमति लिएर मात्र जग्गा विकास, सामूहिक आवास, संयुक्त आवास एवं संस्थागत, सार्वजनिक, व्यापारिक, भोजभतेर स्थल, अस्पताल, विद्यालय, नर्सिङ होमलगायत संरचना निर्माण थाल्न सुझाएको हो ।

मापदण्ड विपरीत अनुमति नलिई कुनै पनि संरचना निर्माण गरिएको पाइए कारबाही हुने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणले मापदण्ड विपरीत बनेका संरचना भत्काउन दिइएको आदेश पालना नभए प्राधिकरण आफैँले हटाउने, भत्काउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने, जरिवाना समेत गर्न सक्ने जनाएको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाभित्र भू उपयोग क्षेत्र तोकी, भौतिक विकासका लागि आवश्यक सर्त निर्धारण गर्ने, त्यस्ता क्षेत्रमा गरिने निर्माणको विधि तोक्ने, जग्गा विकास कार्यक्रम सरकारबाट स्वीकृत गराई कार्यान्वयन गर्ने कार्य गर्दै आएको छ ।

कुनै व्यक्ति, सङ्घ–संस्थाले योजना अनुमति नलिई मापदण्ड विपरीत निर्माण कार्य गरेको थाहा भएमा जानकारी गराई सहयोग गरिदिन प्राधिकरणले सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ८ : ५७ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट