लामिछानेसँग आज पनि बयान जारी « Khabarhub

लामिछानेसँग आज पनि बयान जारी


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

चितवन– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान सुरु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बिहान ९ बजेदेखि बयान भइरहेको हो । हिजो दिउँसो १ देखि ४ बजेसम्म नसकिएपछि आज पनि बयान लिइएको हो ।

चितवनस्थित साहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा लामिछानेमाथि बयान भइरहेको हो ।

तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीबाट रकम लगेको आरोप छ ।

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसँग यसअघि कास्की, रुपन्देही र काठमाडौंमा बयान सकिइसकेको छ ।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरणसम्बन्धी मुद्दा रहेको छ । उनलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ११ : ४४ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६