पहिलो खेलमा नचलेका शिखरले दोस्रो खेलबाट गरे पुनरागमन « Khabarhub

पहिलो खेलमा नचलेका शिखरले दोस्रो खेलबाट गरे पुनरागमन


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग स्तब्ध भयो ।

उसका प्रमुख आकर्षक भारतीय चर्चित ब्याटर शिखर धवन पनि केबल १४ रनमै आउट भए ।

पहिलो खेलमा आशातित प्रदर्शन गर्न नसकेको कर्णालीका लागि दोस्रो खेलमा शिखर धवनले शानदार ब्याटिङ गरे ।

काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिने क्रममा सुरुमा सम्हालिँदै खेलेका शिखरले अन्तिममा विस्फोटक ब्याटिङसहित दर्शकको मन जिते ।

अघिल्लो खेलमा १४ रन मात्रै बनाएर बाहिरिएका भारतीय शिखर धवनको उत्कृष्ट प्रदर्शनसँगै काठमाडौंले १५० रनको लक्ष्य पाएको हो । यस खेलमा कर्णालीका धवनले ५१ बलमा अविजित ७२ रन जोडन सफल भए । यससँगै शिखरले आफू पुरानै लयमा रहेको सन्देश पनि नेपाली दर्शकलाई दिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीको स्कोर डेढ सय नजिक पुर्‍याउने क्रममा आधाभन्दा धेरै योगदान शिखरकै रह्यो ।

पहिलो खेल गुमाएकाले काठमाडौं गुर्खाज र कर्णाली दुवै जितको खोजीमा छन् ।

पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । उता काठमाडौंलाई छिमेकी चितवन राइनोजले ५ विकेटले हराएको थियो।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : ११ बजे

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार