पहिलो खेलमा नचलेका शिखरले दोस्रो खेलबाट गरे पुनरागमन « Khabarhub

पहिलो खेलमा नचलेका शिखरले दोस्रो खेलबाट गरे पुनरागमन


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग स्तब्ध भयो ।

उसका प्रमुख आकर्षक भारतीय चर्चित ब्याटर शिखर धवन पनि केबल १४ रनमै आउट भए ।

पहिलो खेलमा आशातित प्रदर्शन गर्न नसकेको कर्णालीका लागि दोस्रो खेलमा शिखर धवनले शानदार ब्याटिङ गरे ।

काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिने क्रममा सुरुमा सम्हालिँदै खेलेका शिखरले अन्तिममा विस्फोटक ब्याटिङसहित दर्शकको मन जिते ।

अघिल्लो खेलमा १४ रन मात्रै बनाएर बाहिरिएका भारतीय शिखर धवनको उत्कृष्ट प्रदर्शनसँगै काठमाडौंले १५० रनको लक्ष्य पाएको हो । यस खेलमा कर्णालीका धवनले ५१ बलमा अविजित ७२ रन जोडन सफल भए । यससँगै शिखरले आफू पुरानै लयमा रहेको सन्देश पनि नेपाली दर्शकलाई दिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीको स्कोर डेढ सय नजिक पुर्‍याउने क्रममा आधाभन्दा धेरै योगदान शिखरकै रह्यो ।

पहिलो खेल गुमाएकाले काठमाडौं गुर्खाज र कर्णाली दुवै जितको खोजीमा छन् ।

पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । उता काठमाडौंलाई छिमेकी चितवन राइनोजले ५ विकेटले हराएको थियो।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : ११ बजे

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना