लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष | Khabarhub Khabarhub

लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच जारी छ । लुम्बिनी लायन्सले चौथो ओभरको पहिलो बलमा पहिलो विकेटका रुपमा ओपनर आशुतोष घिराइयालाई गुमाएको छ ।

रनआउट भएका आशुतोष १३ बल खेलेर १५ रन जोडेका थिए । उनले दुई चौका र एक छक्का प्रहार गरे । पाँचौ ओभरको समाप्तिमा लुम्बिनी एक विकेटको क्षतिमा ३६ रनको अवस्थामा छ ।

कीर्तिपुर मैदानमा विराटनगरले टस जितेर लुम्बिनीलाई पहिलो ब्याटिङको निम्तो दिएको छ ।

प्रतियोगितामा लुम्बिनीको यो  पहिलो खेल हो । उता विराटनगरको भने यो तेस्रो खेल हो । गत शनिबारको उद्घाटन खेलमा जनकपुर बोल्ड्सले विराटनगरलाई ८ विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा भने विराटनगरमाथि सुदूरपश्चिम रोयल्सले ९० रनको फराकिलो जीत निकालेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १ : ३० बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका