दोलखामा यस वर्ष धान उत्पादन घट्यो « Khabarhub

दोलखामा यस वर्ष धान उत्पादन घट्यो


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादकत्वमा कमी आएको छ । कृषि ज्ञान केन्द्र रामेछापको तथ्यांकअनुसार गत वर्ष दोलखामा ८ हजार ३ सय ८६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ४ सय ३७ मेट्रिक टन धान उत्पादन घटेको हो।

समग्रमा  जिल्लाभर यस वर्ष ७ हजार ९ सय ४९ मेट्रिक

टन मात्रै धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापकी बाली विज्ञ शर्मिला फुयाँलले बताइन्। दोलखामा लगातार खेती योग्य जमिन बाझो बस्दा उत्पादन घट्दै गएको उनले सुनाइन्।जिल्लाभर यस वर्ष २९ सय १७ हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो।

गत वर्ष आंशिक धान उत्पादन वृद्धि भए पनि यस वर्ष ४ सय ३७ मेट्रिक टन धान उत्पादन घटेको हो। कृषि ज्ञान केन्द्र रामेछापको तथ्यांकलाई हेर्दा २०७८/७९ मा २ हजार ९ सय १ हेक्टर क्षेत्रफलमा ७ हजार ६ सय ८८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै २०७९/८० मा ७ हजार ९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष जिल्लामा ८ हजार ३ सय ८६मेट्रिक टन धान उत्पादन भएको थियो।

लगातार धान उत्पादन घट्नुको मुख्य कारण सिचाइ अभाव तथा खेतीयोग्य जमिन बाझो रहनु र किसानले धान बालीमा लगाउने मल अभाव हुनु तथा  धानमा लाग्ने रोग किरा नियन्त्रण नहुँदा उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र रामेछापका बाली संरक्षक बाली विज्ञ डम्बर नारायण दाहालले बताए।

उत्पादन घट्नुको अर्को कारण तराई क्षेत्रमा हुने धानको बिउ र मध्य पहाडका लागि सिफारिस गरिएको धानको बिउ किसानले पहिचान नगरी लगाउँदा हिमाली जिल्ला दोलखाका बेँसीफाँटमा धान उत्पादनमा कमी आएको दाहालले बताए ।

दोलखाको नौ पालिकामध्य मेलुङ,भिमेश्वर, वैतेश्वर र तामाकोशी गाउँपालिकामा धेरै धान उत्पादन तथा खेती हुने गरेको छ।अन्य पालिकामा भने सामान्य धान खेती हुने गरेको छ।

-सुबास बस्नेत

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : १४ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा